एनआरसीलाई लिएर सबैले पार्टी र झण्डाभन्दा माथि उठेर काम गर्नुपर्छ : भुवन पी. खनाल

1
1639
पत्रकारहरूलाई सम्बोधन गर्दै प्रवक्ता भुवन पी. खनाल र अन्य।

कालेबुङ, 2 सेप्टेम्बर : एनआरसीबाट छुटेका असमका गोर्खाहरूलाई लिएर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले पुनः एकपटक चिन्ता व्यक्त गर्दै एनआरसीको प्रक्रियामाथि प्रश्न उठाएको छ। यसका साथै एनआरसी सम्बन्धमा दार्जीलिङ पहाड़का सबै राजनीतिक दल र बुद्धिजीवीहरूले दलीय स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्ने अपील गरेको छ।

सोमवार  विनयपन्थी गोजमुमो कालेबुङ जिल्ला समितिले एनआरसी विषयलाई लिएर पत्रकार सम्मेलन आयोजन गऱ्यो। पत्रकारहरूलाई सम्बोधन गर्दै प्रवक्ता भुन पी. खनालले एनआरसी अहिलेको जल्दोबल्दो विषयका साथै राष्ट्रिय चिन्ताको विषय  बताए। ‘‘असममा एनआरसीबाट 1 लाख गोर्खाहरू छुटेका कुराहरू आइरहेको छ। यो खुबै चिन्ताको विषय बनेको छ। यति बेला हामी पार्टीभन्दा पनि माथि उठेर सोच्नुपर्ने आवश्यकता छ। यो बखत राजनीति होइन। झण्डा होइन, तर हामी यतिबेला हाम्रो भविष्यलाई हेरेर, आउने भावी पिँढ़ीको आएको सन्ततिलाई हेरेर तथा गोर्खाहरूको भविष्यलाई हेरेर काम गर्नुपर्ने समय आएको छ’’, खनालले थपे, ‘‘यो समय आत्माचिन्तनको समय हो। आत्मामन्थनको समय हो। हामी सम्पूर्ण दार्जीलिङ पहाड़का बुद्धिजीवीलाई के आह्वान गर्न चाहन्छौं भने तपाईंहरूले एनआरसीमाथि गहिरो अध्ययन गरी जनतालाई सही कुरा बुझाइदिनुपर्छ। यो कर्तव्य राजनीतिक दलको मात्र होइन।’’

अर्कोतिर उनले पश्चिम बङ्गालमा एनआरसी लागू गरिएर असममा झैं हजारौं गोर्खाहरू छुटेको खण्डमा दार्जीलिङ पहाड़मा डरलाग्दो स्थिति सिर्जना हुनसक्ने चेताउनी दिएका छन्। उनले एनआरसीको नाममा जनतालाई असुविधामा पार्ने कार्य गर्न नहुने बताएका छन्।

‘‘एनआरसीले व्यापक अन्योल सिर्जना गरेको छ। वर्षौदेखि बस्दै आएका असमका नागरिकहरूमा घर घड़ेरीको जुन चिन्ता छ, त्यो एकैपटकमा समाधान हुनुपर्ने थियो’’, प्रवक्ता खनालले थपे, ‘‘देशले बनाएको नियमभित्र हाल्दा धेरै नागरिकलाई असुविधा सृष्टि भइरहेको छ। यस्तो असुविधा सिर्जना गर्ने काम सरकारले गर्नुहुँदैन। यदि भोलिको दिनमा बङ्गालमा पनि एनआरसी लागू भएर पहाड़मा यस्तो काम हुन्छ भने सरकारले विरोधको सामना गर्न पर्नेछ।’’

यसैबीच उनले पहाड़मा डरलाग्दो स्थिति सिर्जना हुन नदिन सही मापदण्ड बनिनुपर्ने सरकार र दार्जीलिङका सांसदसँग माग पनि गरेका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here