रेलको धक्काले गोठालोसहित तीन गाईको मृत्यु

0
1624

सिलगढ़ी, 2 सेप्टेम्बर : तीव्र गतिमा एनजेपी स्टेशनतिर गइरहेको एक रेलको धक्काले 40 वर्षीय एक गोठालोसहित तीनवटा गाईको मृत्यु भएको छ। यो घटना बाघडुग्रानजिक किस्तोपुर गाउँनजिक सोमवार अपराह्न 1:30 बजेतिर भएको बताइएको छ। यद्यपि गोठालोसहित तीनवटा गाई धक्का दिने रेल कुन हो भन्नेबारे यो समाचार लेखुञ्जेलसम्म पत्तो लाग्न सकेको थिएन।

मृतक गोठालाको नाम चन्दु उराँव हो। सानैमा आमा-बाबुको मृत्युपछि चन्दु किस्तोपुरकै एक परिवारमा बस्दै आएका थिए। उनी गोठालोसहित खेती किसानी गर्ने गर्थे।

घटनाका प्रत्यक्षदर्शी अर्का गोठालो पन्थ्रास मिञ्चले बताएअनुसार रेल गाईहरूलाई बचाउने क्रममा चन्दु रेलको चपेटमा आएका हुन्। चन्दुकै केही पछि रहेका पन्थ्रास घटनापछि अवाक बनेका छन्। उनलाई उक्त घटना सपनाजस्तो लागिरहेको छ।

घटनाबारे जानकारी गराउँदै प्रत्यक्षदर्शी मञ्चले भने, ‘म चन्दुको केही पछिल्तिर थिए। गाई-गोरु खेतबाट रेलवे लिक पार्न गर्न खोजिरहेको थियो। त्यसैबेला नक्सलबारीबाट तीव्र गतिमा आएको रेलबाट गाई-गोरुलाई बचाउन चन्दु रेल लिकतिर गए। उक्त तीव्र गतिमा आएको रेलले चन्दु र गाई-गोरुलाई धक्का दियो।’ ती गोठालो मिञ्चका अनुसार उनले चन्दुलाई रेलवे लिकमा नजानु भनेको तर नमानेको पनि बताए।

यो घटनापछि सहयोगका लागि उनी रोइरहे तापनि कोही बचाउन आएनन्। दुर्घटनापछि तीनवटा गाई र चन्दुको शरीर रेल नजिक लड़िरहेको थियो। उक्त दुर्घटनामा एउटा गोरु पनि गम्भीर घाइते भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here