रोनाल्डो रेकर्डः फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता

0
1238
(फाइल फोटो)।

लिस्बन, २ सेप्टेम्बरः गोल मशिन क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।

यसभन्दा अघि यो रेकर्ड इरानका लिजेन्ड फुटबलर अली डेइका नाममा थियो। उनले अन्तर्राष्ट्रिय फुटबलमा १०९ गोल गरेका थिए।

पछिल्लो युरो कपमा पोर्तुगलका यी सुपरस्टारले आफ्नो गोल सङ्ख्या १०९ पुऱ्याउँदै अलीको रेकर्डको बराबरी गरेका थिए।

आज मध्यराति आयरल्यान्डविरुद्ध खेलिएको विश्वकप छनोट खेलमा दुई गोल गरी अलीको रेकर्ड भङ्ग गर्दै रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका हुन्।

३६ वर्षीय रोनाल्डोको अब १८० अन्तर्राष्ट्रिय खेलमा १११ गोल भएको छ।

रोनाल्डोले आज राति आयरल्याण्डविरुद्ध रेकर्ड गोल मात्र गरेनन्। तर, ०-१ ले पछि परेको स्थितिमा ८९औँ र ९६औँ मिनटमा दुई गोल गरी आफ्नो टिमलाई जिताए पनि। दुवै गोल उनले डेडिङमार्फत् गरेका थिए।

रोनाल्डोले अहिलेसम्म देब्रे खुट्टाले २५, दाहिने खुट्टाले ५९ र टाउकोले २७ गोल गरेका छन्, जसमध्ये  फ्रि किकमा १० र पेनाल्टीमार्फत १४ गोल गरेका छन्। रहल सबै उनले ओपन प्लेमा गरेका गोल हुन्।

उल्लेखनीय छ, उमेर ढल्किँदै गए पनि गोल गर्ने भोक रोनाल्डोमा कमी भएको छैन। ३६ वर्षको पाको उमेरमा उनले युरो कपमा गोल्डन बुट जिते। इलटियन लिग सिरी ए-मा गत सिजन २९ गोल गरी सर्वाधिक गोलकर्ता रहे।

रोनाल्डोको लक्ष्य २०२० कतार विश्वकप हो। यसभन्दा अघि विश्वकप छनोटका केही खेल बाँकी नै छ। यसैले यी गोल मशिनले आफ्नो गोल सङ्ख्यालाई थप बढ़ाउने निश्चित छ।

रोनाल्डोको यो रेकर्ड भङ्ग गर्न कुनै खेलाड़ीका लागि सहज छैन। असम्भव नभए पनि अत्यन्त कठिन भने छँदैछ।

रोनाल्डोको अन्तर्राष्ट्रिय गोलः कुन राष्ट्रविरुद्ध कति?

अन्डोराविरुद्ध ६ गोल।

अर्जेन्टिनाविरुद्ध १ गोल।

अर्मेनियाविरुद्ध ५ गोल।

अजरबैजानविरुद्ध २ गोल।

बेल्जियमविरुद्ध ३ गोल।

बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध २ गोल।

क्यामरूनविरुद्ध २ गोल।

क्रोएसियाविरुद्ध १ गोल।

साइप्रसविरुद्ध २ गोल।

चेक रिपब्लिकविरुद्ध २ गोल।

डेनमार्कविरुद्ध ३ गोल।

इक्वेडरविरुद्ध १ गोल।

इजिप्टविरुद्ध २ गोल।

इस्टोनियाविरुद्ध ४ गोल।

फारो आइल्यान्डविरुद्ध ४ गोल।

फिनल्यान्डविरुद्ध १ गोल।

फ्रान्सविरुद्ध २ गोल।

जर्मनीविरुद्ध १ गोल।

घानाविरुद्ध १ गोल।

ग्रीसविरुद्ध १ गोल।

हङ्गेरीविरुद्ध ६ गोल।

आइसल्यान्डविरुद्ध १ गोल।

इरानविरुद्ध १ गोल।

कजास्तानविरुद्ध २ गोल।

लात्भियाविरुद्ध ५ गोल।

लिथुनियाविरुद्ध ७ गोल।

लक्जमबर्गविरुद्ध ६ गोल।

मोरक्कोविरुद्ध १ गोल।

निदरल्यान्ड्सविरुद्ध ४ गोल।

नोर्दन आयरल्यान्डविरुद्ध ३ गोल।

न्युजिल्यान्डविरुद्ध १ गोल।

उत्तर कोरियाविरुद्ध १ गोल।

पनामाविरुद्ध १ गोल।

पोल्यान्डविरुद्ध १ गोल।

रिपब्लिक आयरल्यान्डविरुद्ध २ गोल।

रसियाविरुद्ध ३ गोल।

साउदी अरबविरुद्ध २ गोल।

सर्बियाविरुद्ध १ गोल।

स्लोभाकिया १ गोल।

स्पेनविरुद्ध ३ गोल।

स्वीडेनविरुद्ध ७ गोल।

स्विट्जरल्यान्डविरुद्ध ३ गोल।

युक्रेनविरुद्ध १ गोल।

वेल्सविरुद्ध १ गोल।

(न्युज एजेन्सीहरूको सहयोगमा)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here