गाड़ीभित्र सुतेकै अवस्थामा चालकको रहस्यमय मृत्यु

0
1194

सिलगढ़ी, २ सेप्टेम्बरः गाड़ीभित्र सुतेको अवस्थामा चालकको रहस्यमय मृत्यु भएको छ। यो घटना राष्ट्रिय राजमार्गअन्तर्गत कालीझोड़ामा भएको हो।

जानकारीका अनुसार मृतक चालकका नाम पूजन राई हो। उनी तीनधारेनजिक सिपाहीधुरानिवासी रहेको बताइएको छ।

पूजन राईले पछिल्ला करिब तीन वर्षदेखि कालेबुङको डब्ल्यूबी ७३ ए ०१२५ नम्बरको माज्दा गाडी चलाउने गर्थे।

हिजो राति उनी सिलगढ़ीबाट कालेबुङतर्फ सामान लिएर फर्केका थिए, तर कालेबुङ भने पुगेनन्।

बिहान खोज खबर गर्दा कालीझोड़ामा सडक किनारमा गाडी रोकिराखेको पाइयो। गाडीभित्र चालक पूजन राई सुतिरहेको अवस्थामा मृत पाइएपछि यो घटना प्रकाशमा आएको हो।

सुतेकै अवस्थामा उनको के कारण मृत्यु भयो? सो भने खुलिएको छैन। पोस्टमर्टमपछि मृत्युका कारण थाह पाउने पुलिसको भनाइ छ।

गाडीका मालिक कालेबुङनिवासी सन्तोष कुमार अग्रवाल रहेको थाह लागेको छ।

घटनाको खबर पाएपछि मृतकका दाजु, गाड़ीका मालिक घटनास्थलमा पुगेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here