दार्जिलिङ, २ सेप्टेम्बरः गोरामुमोबाट राजीनामा दिने क्रम जारी छ। केही दिनअघि अजय एड्वर्डले गोरामुमोबाट राजीनामा दिएपछि उनलाई पछ्याउँदै दार्जिलिङबाट धेरै पार्टी छाड़िसकेका छन्।
यसै क्रममा आज तुङसुङ-आलुबारी समष्टिका गोरामुमो अध्यक्ष मिलन लामा, सचिव सुजित राईलगायत राजीनामा दिएका छन्।
अर्कोतिर, सुकेपोखरी-मानेभञ्ज्याङ समष्टिअन्तर्गत फुबछिरिङ कोठीडाँड़ा १० शाखाका सबै पदाधिकारी र सदस्यले गोरामुमोबाट राजीनामा दिएको दावी गरिएको छ।