वीरेन भुजेलले दिए गोजमुमोबाट राजीनामा

0
911

कालेबुङ, २ अक्टोबरः गोजमुमोका कर्मठ कार्यकर्ता वीरेन भुजेलले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) छाड़ेका छन्।

उनले आज राजीनामा दिएका हुन्। आफूले गोजमुमोको प्राथमिक सदस्यबाटै राजीनामा दिएको आफ्नो आधिकारिक फेसबुक अकाउण्टमार्फत जानकारी गराएका छन्।

वीरेन भुजेलको राजीनामा गोजमुमो पार्टीलाई एउटा झट्का हो। मोर्चाको स्थापनाकालदेखि नै वीरेन पार्टीमा अत्यन्त सक्रिय थिए।

फेसबुक पोस्टमा उनले अबउसो आफ्नो मात्र होइन तर परिवारकै सम्बन्ध गोजमुमोसँग नरहेको पनि घोषणा गरेका छन्।

‘यो पार्टीमा मुद्दा हेरेर साथ दिएका थियौँ, पोस्ट, पावर र पैसा हेरेर होइन। मैले मेरा जीवनको १३ वर्ष यो पार्टीलाई दिए। किनभने यो पार्टीले मुद्दा बोकेको थियो। गोर्खा जनमुक्ति मोर्चाको झण्डामा हामीले आफ्नो खुन-पसिनाले सिँचेका थियौँ। २०१७ को आलो आगोदेखि यता २०२० सम्म मैदानमा डटेर बसेर सङ्गठन सम्हाल्ने कार्य गऱ्यौँ। पार्टीलाई बौरी उठाउन खुन-पसिना एक गऱ्यौँ। अब सबै मैदानमा छन्; स्वतन्त्र स्वतन्त्र भयो, पार्टी पनि। २०२० मा लिएको पार्टीको निर्णयलाई परिवारपक्षले विद्रोह गर्दा पनि पार्टीलाई साथ दिए’, वीरेन भुजेलले थप लेखेका छन्, ‘मैले आजीवन चुनाउ नलडने टेक लिँदा पार्टीलाई पनि केही बल पुग्ने आशा पनि थियो। तर, धेरैले शहीद कुनै पार्टीका हुँदैन भन्दा पनि मैले यही झण्डामा मेरो दाजु शहीद भएकाले यो झण्डा बचाउन हरेक अनि सक्दो प्रयास गरे। अब शहीद पार्टीको होइन जातिको बनाउने निर्णय लिए।

उनले थप लेखेका छन्, ‘सदैव म पार्टीका केही नेतृत्वका लागि बाधा भएको महसुस गरेँ। मलाई पनि पार्टीका कार्य गर्नदेखि कहीँकतै बाधा पुऱ्याउने कार्य गरियो। छुट्याइयो। खुल्ला रूपमा अघि आउनै दिएनन्। पार्टी अध्यक्ष साथै नेतृत्वगण यत्रो दु:ख गरेर फर्किएपछि परिपक्व भएर फर्किने आशा साँचेका थिएँ/थियौँ। तर राजनीति पार्टीको चेतना नखुलेको देख्दा धेरै दुखित बनेको महसुस गरेर नै अब यो पार्टीसित नाता तोड्नैपर्ने समयको माग ठानेँ।‘

उल्लिखित कुरा केन्द्रीय नेतृत्वलाई बुझाउने प्रयास गर्दा पनि बुझाउन नसकिएका/बुझ्नै नचाहेको उनको भनाइ छ।

वीरेनका अनुसार हिजोका दिनमा ड. हर्कबहादुर छेत्री, अनमोल प्रसाद, त्रिलोक देवानहरूले पार्टी छाड़्दा पनि उनीहरूले किन छाडेका हुन्न भन्ने विषयमा पार्टीले मन्थन गरेन।

यति मात्र होइन, बीपी बजगाइँ, ड. बिनु सुन्दास, अरुण घिसिङ, सञ्जीव लामाजस्ता ‘योद्धा’-ले अलग हुँदा पनि पार्टीको चेतना नखोलिएको उनले बताएका छन्।

उनका अनुसार गोजमुमो पार्टी उपलब्धिशून्य छ। केवल यस पार्टीले गुमाएका मात्र छन्। तर पनि मन्थन भने गर्दैन।

‘पार्टी व्यक्तिविशेषको भयो; सही नीतिनिर्धारण नगरेर अब पार्टी अन्य पार्टीबाट एक्सपाइजर भएर बस्नेहरूलाई थुपार्न मात्र रहेको पाएँ। मैले आजीवन चुनाउ नलड़्ने प्रण गरेका हुँ, राजनीति नगर्ने भनेको कदापि होइन। जातीय हितका लागि दाजु, सर्वस्व गुमाएर अब पछि सर्नु मिल्दैन’, वीरेन भुजेलले थप लेखेका छन्, ‘राजनीति त गर्ने नै हो; त्यो भविष्य अनि ईश्वरको योजनाले निर्धारण गर्नेछ। अन्त्यमा-अब मेरो राजीनामाले गोजमुमो पार्टीलाई ईश्वरले सद्बुद्धि प्रदान गरून्। मेरो शुभकामना छ। अब म गोर्खा जनमुक्ति मोर्चा पार्टीसँग कुनै पनि प्रकारले नजोड़िने सोच बनाइसकेको छु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here