सिलगढ़ी, २ नोभेम्बर: भारतेली नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं नेपाली इशाईहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा अगुवाहरू जन्माउन सफल व्यक्तित्व डा. एडोन रोङ्गोङको जीवनका विविध पक्ष र पाटोलाई आधार बनाएर लेखिएको पुस्तक ‘एडोन रोङ्गोङ जीवनका विविध आयाम’ शनिवार सिलगढ़ीस्थित याक्शा भवनमा एक कार्यक्रमबीच विमोचन गरियो।
कमल बीएनलिखित उक्त पुस्तक एकता बुक्स हाउसले प्रकाशित गरेको हो।
पास्टर विमल छेत्रीको प्रार्थनापछि शुरु भएको कार्यक्रममा विशेष रूपमा उपस्थित वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, प्रा डा. घनश्याम नेपाल, वरिष्ठ साहित्यकार सलोन कार्थक, पास्टर जोना बल आदिको बाहुलीबाट ‘एडोन रोङ्गोङ जीवनका विविध आयाम’ विमोचन गरिएको थियो।
पास्टर पिटर थापा कोशिशले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रममा डा. एडोन रोङ्गोङको साहित्यिक चर्चा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, डा. एडोन रोङ्गोङ र इशाईत्व विषयमा सलोन कार्थकले, तथा विमोचित कृतिबारे प्रा डा. घनश्याम नेपालले आफ्नो विचार राखे।
यसअवसरमा डा. रोङ्गोङले पनि आफ्ना अनुभवहरू साझा गरेका थिए। यसैगरी कृतिका लेखक कमल बीएनले पनि आफ्नो भनाइ राखेका थिए।