विनयपन्थी मोर्चा त्यागेर विमलपन्थी मोर्चामा सामेल

0
972

दार्जीलिङ, 2 नोभेम्बरः चुङथुङ मारेबुङ समष्टिअन्तर्गत लिङ्गे भट्टीधुरा शाखाबाट विनय तामाङपन्थी गोजमुमो त्यागेर 50 घर परिवार पुनः विमल गुरुङपन्थी गोजमुमोमै सामेल भएको दावी गरिएको छ।

विमलपन्थी मोर्चा मिडिया सेलका अनुसार केन्द्रिय समिति सदस्य शरण लामा, युमो केन्द्रिय समिति कार्यकारी अध्यक्ष नोमन राई, समष्टि सदस्य रवि मगर, गोक बिजनबारी समष्टि युमो संयोजक विनय सुब्बालगायत अन्य नेतृत्वहरूका सक्रियतामा यी 50 घर परिवार विनय तामाङपन्थी मोर्चा त्यागेर पुनः विमल गुरुङपन्थी मोर्चामा सामेल भएका हुन्।

आफूहरूलाई विनयपन्थी मोर्चाका नेतृत्वहरूले मानसिक यातना दिँदै झण्डा थमाएको विमलपन्थी मोर्चामा सामेल हुनेहरूले बताएका छन्।

यसका साथै उनीहरूले विमल गुरुङ तथा अन्य नेतृत्वहरूको आगमनले पहाड़, तराई अनि डुवर्समा शान्ति र गणतन्त्र पुनः स्थापित हुने तथा विमलकै नेतृत्व अब समग्र गोर्खाले न्याय पाउने र जातीय मुद्दाले पार पाउने दावी पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here