गान्तोक, 2 नोभेम्बरः रम्फू माइनिङस्थित इको-प्याराडाइस रिसर्टनजिकै राष्ट्रिय राजमार्गमा आज दिउँसो वाहन दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको छ।
आमालाई रम्फूसम्म छोड़्न स्पार्क कार (एसके 02 पी 1779) चलाएर गइरहेको बेला विपरीत दिशाबाट आइरहेको एसके 01 जे 1408 लोकल ट्याक्सीसँग ठोक्किँदा आमा-छोराको मृत्यु भएको हो।
कारमा सवार छोरी र ट्याक्सीमा सवार पाँचजनालाई भने सामान्य चोट लागेको बताइएको छ।
कार चलाउने छोरा सिङ्तामनजिकै डोकेनिवासी विद्युत् विभाग टोपाखानीमा नोकरी गर्ने जगत् राईको रूपमा चिह्नित गरिएको छ।