गान्तोक, 2 नोभेम्बरः एसटीएनएम अस्पतालमा उपचार गर्न आएका आमनागरिक अनि अस्पतालकै कर्मचारीहरूका गुनासो र समस्याहरूलाई सम्बोधन गर्न एसटीएनएम अस्पतालले एक समिति गठन गरेको छ।
अस्पतालबारे कुनै पनि प्रकारका गुनासो भए आम नागरिक र अस्पतालका कर्मचारीहरूबाट लिखित रूपमा दिएको खण्डमा यस समितिले सम्बोधन गर्दै सुधार एवं कारबाही गर्नेछ।
यस 6 सदस्यीय ग्रिभान्स रिड्रेसल कमिटीमा एसटीएनएम अस्पतालका उपसचिव चन्द्रबहादुर राई नोडल अधिकारी रहेका छन् भने डा. टी. पेगी, बीजु राई, अमृता सिञ्चुरी, रमेश दाहाल र रामदास नेपाल सदस्य रहेका छन्।
कुनै पनि प्रकारको गुनासो प्राप्त गरेको पाँच दिनभित्रमा यसको उचित छानबिन गरी रिपोर्ट बुझाउनु पर्ने अस्पतालद्वारा जारी एक कार्यलय आदेशमा उल्लेख गरिएको छ।