फुटबल प्रतियोगिता शुरु, प्लास्टिकजन्य सामग्री सङ्ग्रह प्रतियोगिता पनि राखिने

0
1439

दार्जीलिङ, 2 दिसम्बरः निर्मल भारतको सन्देश बोकेर भा-तकभर बिर्खेधुरा कल्याण समितिले खुल्ला फुटबल प्रतियोगिता शुरु गरेको छ।

दार्जीलिङका विभिन्न स्थानका कुल 24 दलले भाग लिएको यस प्रतियोगिताको उद्घाटनी म्याचमा सोम युनाइटेड क्लबले  खालिङधुरा फुटबल क्लबलाई 2-0 को गोलअन्तरले पराजित गरेको छ।

आजको उद्घाटनी खेलमा भा-तकभर चियाकमानका मुख्य प्रबन्धक रवि जगमलाको मुख्य अतिथिको रूपमा उपस्थित थिए। उक्त खेल  मध्य भा-तकभर प्राथमिक पाठशाला खेल मैदानमा सम्पन्न भएको थियो।

यसअवसरमा स्थानीय बालक-बालिकाहरूले सांस्कृतिक नृत्यादि प्रस्तुत गरेका थिए।

विशेष गरी युवावर्गलाई पथभ्रष्ट हुनबाट जोगाउने मूल उद्देश्य लिएर आयोजन गरिएको यस खेलको फाइनलमा  सम्पूर्ण भा-तकभर चियाकमानभरिका बालक-बालिका, युवक-युवती, वृद्ध-वृद्धा आदिका लागि पनि विविध खेलकुद कार्यक्रमको आयोजन गरिने भएको बिर्खेधुरा कल्याण समितिका अध्यक्ष चमन तामाङ र मुख्य सल्लाहकार पासाङ लामाले जनाएका छन्।

उनीहरूले भने, “यो फुटबल वा खेलकुद कार्यक्रमबीचै भा-तकभर चियाकमानका विभिन्न गाउँका मानिस एवं स्वनिर्भर समूहहरूमाझ प्लास्टिकजन्य सामग्रीहरू सङ्ग्रह गर्ने प्रतियोगिता पनि राखिएको छ।  यस फुबल प्रतियोगिताको फाइनलको अवसरमा जसले सबैभन्दा बेसी प्लास्टिक तथा नकुहुने थोकहरू सङ्ग्रह गरी ल्याउनेछन्, उनीहरूलाई पुरस्कृत गर्ने योजना पनि बनाइएको छ।’’

भा-तकभर चियाकमान तथा वरिपरि छरपस्ट रूपमा जहींतहीं फ्याँकिएका प्लास्टिक, प्लास्टिकको बोतल आदि सङ्ग्रह गरी एक स्थानमा भेला तथा व्यवस्थित गर्न सकौं भन्ने यसको महत् उद्देश्य हो, जसमा विशेषरूपले नेहरू युवा केन्द्रको पनि सहयोग रहेको उनीहरूले बताएका छन्।

पासाङ लामाले भने, “विशेष युवावर्गको ध्यान खेलकुदतिर आकर्षित गर्ने उद्देश्यले पनि यो फुटबल प्रतियोगिताको आयोजन गरिएको हो, जसको फाइनल आगामी 2 फरवरीमा हुने तय भएको छ। विजेता दललाई 30 हजार अनि उपविजेता दललाई 20 हजार रुपियाँ नगद राशि प्रदान गरिनेछ।’’

साथै फाइल खेलको अवसरमा गाउँलेहरूमाझ टग अफ् वार, स्याक रेस, क्याण्डल रेस, बाँसमा चढ़्ने, म्युजिकल चेयरजस्ता रोमाञ्चक खेलहरू राखिने पनि उनीहरूले बताएका छन्। यसप्रकारको खेललाई बिर्खेधुरा कल्याण समितिले बर्सेनि आयोजन गर्ने योजना बनाएको पनि समितिका अध्यक्ष चमन तामाङले बताए।

यति मात्रै होइन, कल्याण समितिले अबउसो गाउँका युवावर्ग वा विद्यार्थीहरूमाझ तर्क प्रतियोगिता साथै अन्य बौद्धिक कार्यक्रमहरूको आयोजना गर्ने पनि योजना बनाएको उनले थप जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here