दार्जिलिङ, 2 दिसम्बरः दोस्रो त्रिपक्षीय वार्ता शीघ्र बोलाउनुपर्ने माग गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले गृह मन्त्री अमित शाहलाई पत्राचार गरेका छन्।
पछिल्लो 12 अक्टोबरका दिन पहिलो त्रिपक्षीय वार्ता सम्पन्न भएको थियो। त्यसपछि दोस्रो वार्ता चाँड़ै हुने भनिए तापनि अहिलेसम्म वार्ताको कुनै सुरसार छैन।
यसैले मन घिसिङले चाँड़ै त्रिपक्षीय वार्ता हुनुपर्ने अनुरोध गर्दै गृहमन्त्रीलाई पत्र लेखेका हुन्।
मन घिसिङका अनुसार त्रिपक्षीय वार्तामार्फत नै राजनीतिक समाधानका लागि एक मात्र प्रभावकारी र सार्थक माध्यम हो।
यति मात्र चाँड़ै दोस्रो त्रिपक्षीय वार्ता केन्द्र सरकारले बोलाउनेछ भन्ने कुरामा आफ्नो पार्टी विश्वस्त रहेको पनि उनले बताएका छन्।
अर्कोतिर घिसिङले अहिलेघरी राज्य सरकारले जीटीएको चुनाउ गराउन तर्खर गरिरहेकाले जीटीए चुनाउको प्रक्रिया अघि बढ़ेको खण्डमा त्रिपक्षीय वार्ता कुनै परिणाम नहुने बताएका छन्।
‘राज्य सरकारद्वारा जबर्जस्ती चुनाउ गराइयो भने केन्द्र सरकारद्वारा थालिएको वार्तामार्फत् गोर्खाहरूका मुद्दा र जनताको चाहनालाई राज्य सरकारद्वारा दबाइनेछ र दुखद अन्त्य हुनेछ’, मन घिसिङले पत्रमा लेखेका छन्।