ओमिक्रोन प्रभाव: नेपाल र भूटानका नागरिकलाई पनि सिक्किम भ्रमणमा रोक

0
851

गान्तोक, २ दिसम्बर: कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई ध्यानमा राखेर  सिक्किममा विदेशी पर्यटकहरूका लागि १ दिसम्बरदेखि लगाइएको रोक नेपाल र भूटानका नागरिकहरूमाथि पनि लागु हुने मुख्यमन्त्री पीएस गोलेले जानकारी गराएका छन्।

विशेष गरी काठमाडौँमा धेरै अन्तर्राष्ट्रिय नागरिकहरूका आवागमन हुने गरेकाले सिक्किम सरकारले नेपालका नागरिहरूमाथि पनि सिक्किम भ्रमणमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

विश्वमा कोरोना भाइरसको तेस्रो लहर विकसित हुन लागेको स्थितिलाई ध्यानमा राखेर सिक्किम सरकारले सतर्कताको रूपमा विदेशी नागरिकहरूमाथि रोक लगाएको बताउँदै कोरोना सङ्क्रमणका मामिला यदि देशमा पनि बढ़ेको खण्डमा सिक्किम सरकारले घरेलु पर्यटकलाई पनि बन्द गर्नसक्ने मुख्यमन्त्रीले बताए।

पश्चिम सिक्किमको लेगसेपमा आज पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री गोलेले सिक्किमे नागरिकहरूलाई कोरोनाको महामारीबाट जोगिन आग्रह गरेका छन्।

अर्कोतर्फ सिक्किम र नेपालका नागरिहरूमाझ वैवाहिक सम्बन्ध पनि स्थापित हुनेगरेको जानकारी दिँदै यदि सिक्किम सरकारले विदेशी नागरिकहरूका आगमनमा प्रतिबन्ध लगाउन अघि नै वैवाहिक कार्यक्रमहरू तय भएको भए यसमाथि सरकारले छुट दिने बताए। तथापि यस्ता समारोहमा आउने मानिसहरूका सङ्ख्या धेरै कम हुनपर्ने मुख्यमन्त्रीले बताएका छन्।

उल्लेखनीय छ, सिक्किम सरकारले ३० नोभेम्बरका दिन अधिसूचना जारी गरी १ दिसम्बरदेखि राज्यमा विदेशी नागरिकहरूका भ्रमणमाथि रोक लगाएको छ। सरकारले अहिले लगाएको रोक १५ दिसम्बरसम्मका लागि रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here