ब्युँतियो क्रामाकपा

0
659

दार्जिलिङ, २ दिसम्बरः क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले आज शहरमा पोस्टरिङ र पर्चा वितरण गरी भारतीय जनता पार्टीलाई यसै दिसम्बर महिनासम्मको समय दिएको छ।

क्रामाकपाले भनेको छ – २०२३ भित्र भाजपाले गोर्खालाई दिएको वाचा पूरा गर्न पर्नेछ।

आजदेखि क्रामाकपाले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रमा पोस्टरिभ र पर्चा वितरणको घोषणा गरेको छ।

यसैबिच पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपाका केन्द्रीय महासचिव नर्बु लामाले यदि भाजपा सरकारले गोर्खाका मुद्दाबारे अझै खेलाँची गरेको खण्डमा क्रामाकपाले बृहत् आन्दोलन गर्ने चेताउनी दिएका छन्।

भाजपा सरकारको कार्यकाल सकिनैलाग्दा क्रामाकपा ब्युँतिएको छ।

आजको पोस्टरिङ र पर्चा वितरण शेखर छेत्री, उद्धव खनाल, कृष्णवीर राई लगायत अन्य शीर्ष नेतृत्वहरू सहभागी थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here