गाजियाबाद, 3 जनवरीः उत्तरप्रदेशको गाजियाबाद जिल्लाको मुरादनगरमा श्मशान घाटको छत भत्किँदा कम्तीमा 18 जनाको मृत्यु भएको छ, जबकि 24 जना घाइते भएको बताइएको छ।
जानकारीका अनुसार अन्तिम संस्कारअवधि यो दुर्घटना भएको हो। पानी परेकाले अन्तिम संस्कारमा सामेल मानिसहरू श्मशान घाटमुनि ओत लागेका थिए। यसैअवधि अचानक छत भत्किएर ती मानिसहरूलाई थिच्दा यति ठूलो दुर्घटना भएको हो।
प्राप्त जानकारीका अनुसार जुन व्यक्तिको दाह संस्कार भइरहेको थियो, छतले थिचेर उनको छोरोको पनि मृत्यु भएको छ।
मेरठकी डिभिजनल कमिश्नर अनिता सी मेश्रामले बताएअनुसार अहिलेसम्म 17 जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। छतको भग्नावशेषबाट 38 जनालाई उद्धार गरिएको छ।
जानकारीका अनुसार उक्त श्मशान घाटको छत र ग्यालेरी करिब अढ़ाई महिनाअघि मात्र बनाइएको थियो।
भ्रष्टाचार र लापरवाहीका कारण यो ठूलो दुर्घटना भएको आरोप चुलिएको छ।
यसैबीच राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले यस दुर्घटनामा ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई सरकारको तर्फबाट 2-2 लाख रुपियाँको आर्थिक सहयोग दिने निर्देश दिएका छन्। साथै मण्डलायुक्त मेरठ र एडीजी मेरठ जोनलाई घटनाको विस्तृत रिपोर्ट मागेका छन्।