कथाकार डीआर छेत्रीको निधन

0
663

सिलगढी, ३ फरवरीः कथाकार डिल्लीराम छेत्री (डीआर छेत्री) -को निधन भएको छ।

८९ वर्षीय छेत्रीको आज बिहान लगभग १०.३० बजे इडेन अस्पताल दार्जिलिङमा उपचाराधीन अवस्थामा निधन भएको हो।

जीवनको लगभग ४१ वर्ष शिक्षादानमा बिताएका उनका कथाहरू इस्वी १९७० को दसकमा पश्चिम बङ्गाल साप्ताहिक र अन्य पत्रपत्रिकामा प्रकाशित भएका छन्, जसमा अधुरो सपना, हिल एलाउन्स प्रमुख छन्।

छेत्री, समकालीन  भारतेली नेपाली साहित्यका प्रतिनिधि कथाकार साथै कालेबुङ महालविद्यालयका सह-प्राध्यापक सञ्जय छेत्री (विष्ट)-का पिता हुन्।

उनले आफूपछि श्रीमती, दुई छोरा, एक छोरी र नाता नातिनी छाडेर अनन्त यात्रामा हिँडेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here