रोशन र विमललाई चार दिनभित्र हाइकोर्टमा अग्रिम जमानतका लागि आवेदन गर्ने सर्वोच्चको सुझाउ

0
1402
सर्वोच्च न्यायालय (फाइल फोटो)।

नयाँदिल्ली, 3 अप्रेल : सर्वोच्च न्यायालयले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङसमेत 6 जना नेतालाई आउँदो चारदिनभित्र कोलकाता उच्च न्यायालयमा अग्रिम जमानत याचिका दर्ता गर्नु भनेको छ।

जी न्यूजमा प्रकाशित खबरका अनुसार सर्वोच्चले उच्च न्यायालयलाई यी मोर्चा नेताहरूको अग्रिम जमानत याचिकामाथि चाँड़ै सुनवाइ गर्नु पनि भनेको छ।

खबरका अनुसार अग्रिम जमानतका लागि हाइकोर्टसम्म जान गोजमुमो नेताहरूलाई सर्वोच्चले सुरक्षा पनि प्रदान गरेको छ।

गोजमुमो प्रमुख गुरुङसमेत 6 जना नेताको याचिकामाथि सर्वोच्चले यस्तो आदेश सुनाएको हो।

राज्य सरकारले राजनीतिकप्रेरित झूटा मुद्दाहरू लगाएर सताइरहेको मोर्चा नेताहरूले सर्वोच्चमा तर्क दिएका थिए। आफूलाई जस्तै मुद्दा लागेको विनय तामाङलाई भने बङ्गाल सरकारले सत्तामा राखेको तर आफूलाई भने सताइरहेको विमलले सर्वोच्चमा बताएका थिए।

अर्कोतिर ममता ब्यानर्जी सरकारले गुरुङविरुद्ध दर्ता 53 प्राथमिकीहरूको सूची सर्वोच्चमा बुझाउँदै गुरुङले अन्य 24 मामिलाको जाँच झेलिरहेको बताएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here