कोलकाता, ३ अप्रेलः कोलकाता उच्च न्यायालयले बङ्गाल पुलिसलाई क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनील खानको मोबाइल फोन र सीम कार्ड तत्काल फिर्ता गर्ने निर्देश दिएको छ।
वास्तवमा डा. खानले कोरोना सङ्क्रमितहरूको उपचार गरिरहेका साथी डाक्टरहरूका लागि सुरक्षा उपकरणको कथित् कमीको उल्लेख गर्दै सोशल मिडियामा पोस्ट गरेका थिए।
त्यसपछि उनीविरुद्ध पुलिसले उत्पीड़न गरेको आरोप छ। यसका साथै पुलिसी उत्पीड़नको आरोप लगाउँदै बुधवार उनले कोलकाता उच्च न्यायालयको ढोका ढकढकाएका थिए।
डा. खानका अनुसार राज्य सरकारको तर्फबाट राज्यका अस्पतालहरूका डाक्टरहरूलाई सुरक्षा उपकरण कथित् रूपमा उपलब्ध नगराएको सम्बन्धमा फेसबुकमा केही पोस्ट गरेको कारण दक्षिण २४ परगना जिल्लाको महेशतला पुलिस थानामा प्राथमिकी दर्ता गरिएको थियो।
अदालतले आफ्नो सुनवाइमा भनेको छ, ‘यदि कुनै विचारको अभिव्यक्तिले सरकारको अपमान हुन्छ भने त्यो विचार व्यक्त गर्ने व्यक्तिलाई डर देखाएर आरोपबाट बच्वन सक्दैन।’
यदि कुनै व्यक्तिले अन्य व्यक्ति या देशको बृहत् हितलाई नोक्सान पुऱ्याउने उद्देश्यमा आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरी दुर्भावनापूर्ण कथित् तथ्य प्रचार गर्ने कोशिश गरेको खण्डमा मात्र राज्यले यस्तो कार्य गर्नसक्ने न्यायाधीश आईपी मुखर्जीले बताएका छन्।
स्रोत-प्रभात खबर