कोलकाता, ३ मई : पश्चिम मेदिनीपुर जिल्लाअन्तर्गत घाटालसहित विभिन्न स्थानमा शुक्रवार प्रस्तावित धेरै चुनावी कार्यक्रम ‘फानी’-को कारण स्थगित गरिएको छ। खड़गपुर ग्रामीण थाना क्षेत्रको रूपनारायणपुरस्थित एक होटलमा बसेकी तृणमूल सुप्रिमो एवं मुख्यमन्त्री ममता ब्यानर्जी शुक्रवार बिहानसम्म आफ्नो कोठाबाट बाहिर निस्किनन्।
यसैबीच आज चन्द्रकोणाको क्षेत्रपाल र दान्तनमा आयोजित जनसभालाई स्थगित गरिएको छ। तृणमूल नेताहरूका अनुसार चाँड़ो आउँदो कार्यक्रम निर्धारित गरिनेछ। अर्कोतिर बिहीबार रातिदेखि नै अञ्चलमा पानी पर्न शुरु भएको छ। आज बिहान पनि बाक्लो पानी पऱ्यो।
पूर्व मेदिनीपुर जिल्लाको दीघा, मन्दारमणि, कान्थी तथा शङ्करपुर आदि स्थानमा कड़ा सर्तकता अपनाइएको छ। दीघामा एनडीआरएफको टीम तैनाथ गरिएको छ। जालहारीहरूलाई समुद्रमा जान निषेध गरिएको छ। त्यहीं प्रशासनको तर्फबाट आपदालाई लिएर माइकिङ पनि गरिँदैछ।
तूफानको असरको कारण दक्षिण-पूर्व रेलवेअन्तर्गत विभिन्न रूटमा चल्ने एक दर्जनभन्दा बढ़ी रेललाई रद्द गरिएको छ।
अर्कोतिर, फानी तूफानको कारण कोलकाता हवाईअड्डामा विमानहरूको आवागमनलाई शुक्रबार ३ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि रोक्ने फसेला गरिएको छ।