श्रीनगर, ३ मईः उत्तरी कश्मीरको कुपवाड़ा जिल्लास्थित हन्दुवाड़ाको जङ्गलमा आतङ्कीहरूसँग भएको भिड़न्तमा मेजरसहित पाँच जवान शहीद भएका छन्।
शहीद हुनेहरूमा जम्मू-कश्मीर पुलिसका एक जवान पनि सामेल छन्।
त्यहीं यस भिड़न्तमा सुरक्षा बलले दुई आतङ्कीलाई मारेको छ। सेना अधिकारीहरूले आइतवार बिहान बताएअनुसार हन्दवाड़ाको चाञ्जमुल्ला क्षेत्रमा भएको भिड़न्तमा चार जवान शहीद भएका हुन्। भिड़न्तमा दुई आतङ्की मारिएका छन्।
शहीद भएका सैन्य अफिसरले नै सुरक्षा बललाई नेतृत्व गरिरहेका थिए।
सेना सूत्रका अनुसार हन्दवाड़ामा आतङ्कीहरू लुकेको सूचना प्राप्त भएपछि सुरक्षा बलले सर्च अभियान चलाएको थियो।
यसैअवधि सुरक्षा बल र आतङ्कीहरूबीच भिड़न्त भयो, जसमा 21 राष्ट्रीय राइफल्सका कर्नल, मेजर र दुई जवानलगायत जम्मू-कश्मीर पुलिसका एक सब-इन्स्पेक्टर शहीद भएका छन्।