‘कट मनी’-ले सिलगढ़ीमा तनाउ, तृणमूल नगरपार्षद्विरुद्ध विरोध-प्रदर्शन

0
1393
कट-मनीलाई लिएर तृणमूल पार्षद्विरुद्ध विरोध प्रदर्शन गर्दै घोगोमालीका व्यापारीहरू। (फोटो-एएनआई ट्विटर)।

सिलगढ़ी, ३ जुलाई : बुधवार बिहानै ‘कट मनी’-ले सिलगढ़ीको माहोल तनाउपूर्ण बन्यो। स्थानीय घोगोमाली क्षेत्रमा स्थानीय व्यापारीहरूले तृणमूल पार्षद् रञ्जनशील शर्मामाथि ‘कट-मनी’-को आरोप लगाउँदै अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।

यसका साथै उनीहरूले आज तृणमूल पार्षद् शर्माविरुद्ध विरोध प्रदर्शन गर्दै सड़कबीचमा टायर जलाएर आफ्नो आक्रोश पोखे। उल्लेखनीय छ, पछिल्ला केही दिनयता ‘कट-मनी’-को मुद्दामा तृणमूल कङ्ग्रेसका नेताहरू नराम्रो गरी फँसिरहेका छन्।

शर्मा सिलगढ़ी नगरनिगमको ३७ नम्बर वार्डका तृणमूल पार्षद् हुन्। यी तृणमूल पार्षद्ले स्थानीय पसलेहरूबाट कथित रूपमा हप्ता उठाएको उनीहरूको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here