प्रख्यात करियोग्राफर सरोज खानको निधन

0
2547

मुम्बई, ३ जुलाईः बलिउडका प्रख्यात कोरियोग्राफर सरोज खानको बिहीवार अबेर राति कार्डियक अरेस्टका कारण निधन भएको छ। उनी ७२ वर्षकी थिइन्।

जानकारीका अनुसार श्वास कष्ट देखिएपछि पछिल्लो १७ जूनका दिन उनलाई बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यमा सुधार आइरहेको भए तापनि अबेर राति १.५२ बजी उनको मृत्यु भएको बताइएको छ।

पछिल्ला केही समययता सरोज खान डायबिटिज र यससँग सम्बन्धित अन्य बिमारले ग्रस्त थिइन्। उनीलाई श्वास कष्टका कारण अस्पतालमा भर्ना गरिएको भए तापनि  कोरोना टेस्ट भने नेगिटिभ आएको थियो।

उनले अन्तिमपटक २०१९ मा मल्टिस्टारर ‘कलङ्क’ र कङ्गना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ् झाँसी’ एक-एकवटा गीतलाई कोरियोग्राफ गरेकी थिइन्।

केवल तीन वर्ष उमेरै ब्याकग्राउन्ड डान्सरको रूपमा बलिउडमा आफ्नो करिअरको थालनी गर्ने प्रख्यात कोरियोग्राफर सरोज खानले १९७४ मा पहिलोपटक ‘गीता मेरो नाम’-बाट कोरियोग्राफरको रूपमा फिल्म उद्योगमा काम शुरू गरेकी थिइन्।

आफ्नो करिअरमा उनले २००० भन्दा बढ़ी गीतमा कोरियोग्राफी गरेकी छन्। तीनपटक उनले नेशनल अवार्ड पनि प्राप्त गरिन्।

उल्लेखनीय छ, सरोज खानले केही फिल्ममा राइटरको रूपमा पनि काम गरिन्।

स्रोतः नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here