स्व. पीआर प्रधान (फाइल फोटो)। |
कालेबुङ, 2 सेप्टेम्बर : एसयुएमआइका पूर्व प्राचार्य पञ्च रत्न प्रधान अर्थात् पीआर प्रधानको आइतवार अपरान्ह सिलगढ़ीको एक नर्सिङ होममा निधन भयो। उनी 96 वर्ष पुगेका थिए। जीवनका अन्तिम वर्षहरूमा पनि शिक्षा र अन्य सामाजिक कार्यमा आफूलाई व्यस्त राख्ने उनी केही दिनदेखि बिरामी थिए भने सिलगढ़ीको एक नर्सिङ होममा उपचाराधीन थिए।
आफ्नो जीवनकालमा राजनीतिमा पनि उतिक्कै सक्रिय उनी दागोपाप गठन हुनअघि दार्जीलिङ जिल्लाका जिल्ला तीनपटक सभाधिपति पनि बनेका थिए। उनले आफूपछि दुई छोरा, एक छोरी र नाता नातिनीहरू छोड़ेर गएका छन्। उनी सन् 1965-देखि 1989 सम्म एसयुएमआइका प्रायार्च बनेका थिए। उनको निधनले कालेबुङमा मात्र होइन पहाड़भरि शोकको लहर छाएको छ। मानिसहरूले उनको निधनले पहाड़को शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइरहेका छन्।