समाजसेवी अन्ना हजारे अस्पतालमा भर्ती, स्वास्थ्यमा सुधार

0
1000
अन्ना हजारे (साभार-इन्टरनेट)।

पुणे, ३ सेप्टेम्बर :  भ्रष्टाचारविरुद्ध देशमै सबैभन्दा ठूलो आन्दोलनको मञ्च तयार गर्ने चर्चित समाजसेवी अन्ना हजारेलाई मङ्गलवार पुणेको एक अस्पतालमा भर्ती गरिएको छ। उनका एक एक सहयोगीका अनुसार समाजसेवी हजारेलाई  सर्दी, कफको समस्यासँगै कमजोरी महसुस गरिएपछि अस्पतालमा भर्ती गरिएको हो।

डाक्टरहरूका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। उनको स्वास्थ्यलाई लिएर चिन्ता गर्ने कुनै कुरा छैन। ८२ वर्षीय यी समाजसेवीलाई डाक्टरहरूले पूर्ण रूपले आराम गर्ने सल्लाह दिएका छन्। उनलाई पुणेस्थित निकटवर्ती शिरूर तालुकाको वेदान्ता अस्पतालमा भर्ती गरिएको छ।

डाक्टरहरूको एक टीमले उनको स्वास्थ्य जाँच गरेपछि उनलाई अस्पतालमा भर्ती गरिएको हो। हजारेका एक सहयोगीले बताएअनुसार सर्दीको कारण उनको छातीमा इन्फेक्शन भएको छ। जसको कारण उनलाई कफको समस्या हुनका साथै  कमजोरी महसुस गरेका थिए। यद्यपि डाक्टरहरूका अनुसार समाजसेवी हजारेको स्वास्थ्य स्थिर छ। चिन्ता गर्नुपर्ने कुनै कुरा छैन। बुधवार बेलुकीसम्म अस्पतालबाट उनको छुट्टी हुने सम्भावना छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here