अनशनरत् चियाश्रमिकहरूका समस्या र अवस्था बुझ्न विमलपन्थी गोजनामो पुग्यो लङभ्यु

0
1378

खरसाङ, 3 सेप्टेम्बरः पोहोर सालको आधा बोनस र रहल बेतनको मागमा अनशनरत् लङभ्यु चियाकमानका श्रमिकहरूलाई आज विमलपन्थी गोर्खा जनमुक्ति नारी मोर्चाको एक प्रतिनिधि टोलीले भेट्यो।

यसअवधि उक्त टोलीले अनशनलाई समर्थन जनाउँदै उनीहरूको माग र समस्याबारे जानकारी लिएको बताइएको छ।

यसका साथै टोलीले लङभ्यु चियाकमानका बड़ाबाबुसँग भेट गरी विद्यमान समस्या र परिस्थितिबारे जानकारी लिने कार्य गऱ्यो।

यस टोलीमा विमलन्थी गोजनामो केन्द्रिय अध्यक्ष उर्मिला रुम्बा, केन्द्रिय सदस्य एवं लिगल सेल संयोजिका शशी डोमा भोटिया, खरसाङ समितिकी मुख्य संयोजिका शान्ति राई खरसाङ नगरपालिकाकी पूर्व नगर पार्षदिका शोभा छेत्री, गोजनामो महकुमा सदस्यद्वय कमला लेप्चा र अर्पणा आदि थिए।

यसअवसरमा कोरोना भाइरसको वैश्विक महामारीलाई ध्यानमा राखेर प्रतिनिधि टोलीले अनशनरत् अनशनकारीहरूलाई मास्क र सेनिटाइजर पनि प्रदान गऱ्यो।

उल्लेखनीय छ, पोहोर सालको आधा बोनस र नियमित रूपमा वेतन माग गर्दै पछिल्लो 19 अगस्तदेखि लङभ्यु चियाकमनाका श्रमिकहरू क्रमिक अनशनमा बसिरहेका छन्।

अनशन बसेको करिब 13 दिन बितिसक्दा पनि यद्यपि उनीहरूको मागबारे न सम्बोधन नै भएको छ न त सम्बन्धित पक्षले यसबारे कुनै पहल नै शुरू गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here