दार्जिलिङ, ३ सेप्टेम्बरः पछिल्लो विधानसभा चुनाउमा दार्जिलिङबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ लड़ेका युवा साहित्यकार सुरज धड़कनलगायत केही अन्य युवा साहित्यकारहरूले अनित थापालाई समर्थन जनाएका छन्।
समर्थन जनाउनेहरूमा कथाकार/कवि नीरज थापा, कवि/कलाकार पुष्कर सिङ्गरलगायत योगेश पन्थ, सदीप प्रधान र अन्य पनि छन्।
उनीहरू सबैले आज अनित थापालाई समर्थन जनाएका हुन्।
यसैबिच सुरज धड़कनले अनित थापासँग विचार मिलेपछि आज आफूहरूले समर्थन जनाएको बताए।
“दार्जिलिङको राजनीतिको मूलधाराभित्रै पसेर युवाहरू कार्य गर्नुपर्छ भन्ने हाम्रो विचारधारा हो”, सुरजले भने।
नीरज थापाले भने, “उनले (अनित थापा)-ले मिलेर कार्य भनिरहनु बएको छ, त्यसैले हामी पनि यसमा सहभागी बनेका हौँ। उहिल्यैदेखि नारा नै छ- फुटेर होइन जुटेर अघि बढ़्यौँ। यही भनाइलाई सार्थक बनाउनका लागि हामी आएका हौँ।”
उनका अनुसार अहिले पहाडमा जुन परिस्थिति बनिएको छ, त्यसमा सहभागी नजनाए, अझै पहाड पछि पर्नेछ।
अर्कोतिर अनित थापाले आफूहरूले राम्रा मानिसहरूका लागि मञ्च तयार गरिरहेको र यसको उद्देश्य दार्जिलिङ पहाड़लाई राम्रो बनाउनु रहेको बताए।