सिलगढ़ी, 3 अक्टोबर : दशैंको मुखैमा जलपाइगढ़ी जिल्लाको साइँली चियाकमान बन्द भएपछि त्यहाँका श्रमिकहरू बिचल्लीमा परेका छन्। बोनसको कारण श्रमिक र मालिकपक्षबीच विवाद सिर्जना भएपछि यो चियाकमान बन्द भएको बताइएको छ।
बोनसप्राप्ति गर्नका सट्टा कमान नै बन्द भएपछि श्रमिकहरू समस्यामा परेका छन्। केही श्रमिकहरूका अनुसार तोकिएको दरले बोनस दिन मालिकपक्षले आनाकानी गरेपछि विवाद सिर्जना भएको थियो। यसैलाई मौका छोपेर मालिकपक्षले कमानमा ताला लगाएको बताइएको छ।