12 अक्टोबरदेखि गोर्खा रङ्गमञ्च भवन सशर्त खोलिने

0
1238

दार्जीलिङ, 3 अक्टोबरः आउँदो 12 अक्टोबरदेखि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन परिसरसँगै अडिटोरियम सशर्त खोलिने भएको छ।

गोर्खा रङ्गमञ्च भवन आम जनताका लागि खोलिने भएको छ भने यसको अडिटोरिम केवल सांस्कृतिक, साङ्गीतिक तथा अन्य कार्यक्रमहरूका लागि खुल्ला राखिने भएको जीटीएले एक निर्देश जारी गरेको छ।

हिजो मात्रै जीटीए बीओए अध्यक्ष अनित थापाले गोर्खा रङ्गमञ्च भवन परिसरलाई आम जनताका लागि खुल्ला राख्ने साथै अडिटोरियममा राजनैतिक कार्यक्रम गर्न नदिने घोषणा गरेका थिए, जसबारे आज जीटीएले एक आधिकारिक निर्देश जारी गरेको छ।

यसबारे जानकारी गराउँदै जीटीएको सूचना एवं सांस्कृतिक विभागका सह-निर्देशक भानुकान्त घिसिङले सरकारद्वारा जारी कोभिड-19-का सम्पूर्ण नियमलाई पालन गर्दै गोर्खा रङ्गमञ्च भवन खोल्ने निर्णय लिइएको छ।

उनले भने, “लगभग 3 वर्षदेखि अचल अवस्थामा रहेको गोर्खा रङ्गमञ्च भवन फेरि आम जनताका लागि खोलिन लागेको छ।  तर, अब यस भवनभित्र कुनै राजनैतिक कार्यक्रमहरू गर्न पाइनेछैन।

स्मरण गराइन्छ, आजभन्दा 3 वर्षअघि यस भवन परिसरमा एक राजनैतिक कार्यक्रम भइरहेको समय नै हङ्गामा शुरू भएको थियो। त्यसपछि यो भवन पूर्णरूपले राज्य सरकारले आफ्नो अधीनमा लिएर यसलाई कठोर सुरक्षाको घेरोभित्र राखेको थियो। तर, हाल यसलाई पुनः खोलिएको भए पनि यहाँ बिना ठोस कारण आम जनतालाई प्रवेशमाथि रोक लगाइएको थियो।

तरै पनि अब आउँदो 12 अक्टोबरदेखि पुनः यो भवन परिसर आम जनताका लागि खोलिने भएको छ भने अडिटोरियम केवल सांस्कृतिक, साङ्गीतिक कार्यक्रमहरूको लागि खोलिने निश्‍चित भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here