जाली नोटसहित एक पक्राउ

0
962
बरामद गरिएको जाली नोट।

सिलगढ़ी, 3 नोभेम्बर: राजस्व गुप्तचर निर्देशालय (डीआरआई)-का अधिकारीहरूले दुई हजारको नोट रहेको एक लाख 20 हजार जाली नोटसहित मोहम्मद बैतुल्लाह (40)-लाई पक्राउ गरेका छन्। बैतुल्लाहलाई जाली नोटसहित विधाननगरबाट पक्राउ गरिएको बताइएको छ।

जानकारीका अनुसार यी आरोपी मालदानिवासी हुन्। उनले बिहारको अररियानिवासी एक व्यक्तिलाई उक्त जाली नोट पुर्‍याउनका लागि गइरहेका थिए। यसभन्दा अघि पनि जाली नोटको तस्करी गरिसकेको पनि आरोपीले कबुल गरेको थप बताइएको छ।

डीआरआई सूत्रका अनुसार बङ्ग्लादेशबाट भारतका अन्य स्थानहरूमा फेक इण्डियन करेन्सी नोट (एफआईसीएन)-को तस्करी भइरहेको गोप्य सूचना पाएपछि राजस्व गुप्तचर निर्देशालयका अधिकारीहरू सतर्क बनेका थिए।

गोप्य सूचनाकै आधारमा एक अभियान चलाएर मोहम्मद बैतुल्लाहलाई दार्जीलिङ जिल्लाको विधाननगरबाट पक्राउ गरिएको हो।

त्यसबेला यी आरोपी बसमा सवार भई किशनगञ्जबाट मालदातर्फ गइरहेका थिए। जानकारीका अनुसार उक्त जाली नोटलाई बिहार पुर्‍याउने आरोपीको योजना थियो। केरकारअवधि आरोपीले यो कुरा स्वीकारेको बताइएको छ।

उल्लेखनीय छ, सिगरेट, सुन, उपभोक्ता सामान, लागूपदार्थ तथा यसको तस्करी, जङ्गली जीव, जाली नोटलगायत अन्य सामग्रीको तस्करी र अवैध धन्धाविरुद्ध डीआरआईले गिद्दे दृष्टि राखेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here