अन्तर्राष्ट्रिय दिव्याङ्गजन दिवसमा दिव्याङ्गहरूले देखाए सक्षमताको उदाहरण

0
1025

गान्तोक, 3 दिसम्बरः सिक्किम सरकारको सामाजिक न्याय एवम् कल्याण विभागको तत्वावधानमा आज (बिहीबार) राजधानी गान्तोकको मनन केन्द्रमा अन्तर्राष्ट्रिय दिव्याङ्गजन दिवस पालन गरियो।

यस अवसरमा राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि थिए।

उल्लेखनीय छ, सिक्किममा 18 हजार 1 सय 87 जना दिव्याङ्ग छन्, जो राज्यको कूल जनसङ्ख्याको 2 प्रतिशतभन्दा बढ़ी रहेको छ।

आजको कार्यक्रममा दिव्याङ्गहरूद्वारा तयार पारिएका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो। दिव्याङ्ग नानीहरूले आज साङ्गीतिक प्रस्तुति पनि दिए।

यसरी नै एकजना दिव्याङ्ग बालिकाले कवितामार्फत् आफ्नो भावना व्यक्त गरिन्।

यसअवसरमा दिव्याङ्ग भएर पनि विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने पीजीटी श्रीमती उमा मुखिया, फिजियो थेरापिस्ट विकास तामाङ, जर्मन भाषामा स्नातकोत्तर गर्ने सुश्री सोनाम डिकी भोटिया र स्ट्रेन्थ लिफ्टर जोसफ लेप्चालाई अभिनन्दन जनाउनका साथै अनुदानहरू पनि प्रदान गरियो।

अर्कोतिर, दिव्याङ्ग मातापिता सङ्गठन र दिव्याङ्ग शिक्षक सङ्गठनद्वारा मुख्यमन्त्री पीएस गोले र विभागीय मन्त्री डा. एमके शर्मालाई पनि अभिनन्दन जनाइयो।

मुख्यमन्त्री गोलेले दिव्याङ्गजनको हितमा सरकारको पक्षबाट केही घोषणा पनि गरे, जसमा आगामी वर्षदेखि सामान्य विद्यार्थीहरूलाई जस्तै दशौँ र बाह्रौँ श्रेणीको परीक्षामा सर्वाधिक अङ्क ल्याउने दिव्याङ्ग विद्यार्थीरूलाई क्रमैले 35, 25 र 15 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिनेभएको छ।

यसैगरी सरकारी विभागहरूमा नियमित कर्मचारीहरूलाई जस्तै अस्थायी कर्मचारीलाई पनि एक हजार रुपियाँ मासिक भत्ता प्रदान गर्ने र निर्वाह भत्तालाई chief ministers state disabilities pension scheme बनाएर 1 हजारको सट्टा 15 सय रुपियाँ प्रदान गरिने भनिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here