शोकमग्न शब्द समय

0
894

ज्ञानेन्द्र खतिवडा

यत्तिखेर शब्द समय आशौच बारेर बसेको छ। शब्द समय परिवारका सदस्यहरूका अनुहारको प्राङ्गणभरि टाङ्गिएका काला काला तम्बुहरू देख्दै उराठलाग्दो परिवेश छ।

यहाँसम्म अक्षरहरू पनि कालो बर्को ओडेर शोकित छन्। शब्दहरू कहिले कोरो ढुकुरो फुट्न हो- त्यो पर्खिएर बसेका छन्।  शोकमग्न अवस्थामा शब्द समय टुहुरा टुहुरीझैँ अँध्यारो अनुहार बोकेर बसेका छ ।

०००००००

गत सितम्बरदेखि नै घरको आकाशमा झुल्कने घाम अस्ताएपछि फेरि फेरि नझुल्कने क्षितिजतिर हानिएको छ। शब्द समयको साख र रौनक हरेर गएको त्यो क्षितिज कति निर्दयी कति निष्ठुरी ।

नफर्कने दृढाग्रही बनी कहीँ  कतै  गएको छ शान ।

शब्द समयको सिङ्गो उज्यालो हराएको छ । घरको बत्ती निभेको छ ।

एउटा विशाल संस्मरणको सन्दुक साहित्यको संसारबाट विलुप्त भएको छ।

यसैले अपुरणीय क्षति बेहोर्नुबाहेक अरू केही रहेन। अक्षर र शब्दसित  मितेरी साइनो गाँसेर बसेको यो परिवारका सदस्यहरूसित अबउसो एउटा जोश र जाँगरको पुञ्ज हराएको छ । यसैले शब्द समयसित पीरको पोको मात्र छ।

पीर त नअस्ताउनेहरूले नै बोक्ने बोझ रहेछ । थुन्से र डोकोमा नाम्लो लगाउँदै तुइँ तुइँ  यो शून्यता र रिक्तताको भारी बोकेर शब्द समयको आयुभरिको उकालो हिँड्नुबाहेक अरू केही रहेन शब्द समयको भरियाहरूसित ।

सितम्बरदेखि यताको शब्द समयको  प्रकरणमा अँध्यारो मञ्चमा उक्लिएर कविहरू आ-आफ्ना रचना वाचन गर्दै अझ अँध्यारो अनुहार बोकेर फर्किरहेको देखिन्छ ।

इन्द्रेणीको माला समाइ गएको शब्द समयको इन्द्रेणी आफू पनि इन्द्रेणीसितै हराएको छ।

सात रङ्गे इन्द्रणीको सातै रङ्गको डोरी/ समातेर डुल्न जाऊँ कि पृथ्वीलाई छोडी।

पृथ्वीलाई छोड्ने कुरो उहिले नै लेखेरै राखेका रहेछन्। आफ्नै बक-कलमको अनुशरण गर्दै हराएकै हो भनेर मानिलिनु पनि गाह्रो।

“अन्तिम शनिबार म कतै जाँदिनँ। मेरो आफ्नै कार्यक्रम छ”-

 भन्दै भेट्न र निम्तो गर्नआएका अन्यत्रका कार्यक्रम आयोजकहरूलाई खाली हातै पठाएको दृष्टान्त शब्द समय परिवारका सबैजसो सदस्यले साक्षी बक्न सक्छन्।

अझ बक्न सक्छन् – आफ्नो कलमले निरन्तरता पाएको यही परिवारका सदस्यहरूसितको भेटघाटले हो भन्ने आत्मस्वीकृति प्रायैः रहन्थ्यो।

आफूसितै लिएर गएको त्यो साख र रौनकचाहिँ फिर्ता पठाए हुँदो हो नि – भन्ने कहिलेकहीँ  बच्कना विचार पनि  नआइहाल्ने होइन रहेछ ।

पछि बुझ्दैजाँदा त, त्यो रौनक त उनैको व्यक्तित्व र अनुभवको खात पो रहेछ। यसबेला घरी घरी शब्द समयको चौकीमा अघिल्ला पङ्क्तिको माझमा गजधम्म केही अघिल्तिर झुकेर मोबाइलमा केही लेख्दै गरेकै स्मृतिमा आउँदो रहेछ। शब्द समयको आकाशमा वाणी हराएको  औंसीको रात रह्यो सधैँलाई साथ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here