सुप्रिमले सीबीआईलाई भन्यो – ठोस प्रमाण ल्याउनुहोस्, हामी यस्तो कारबाही गर्नेछौं पुलिस कमिश्नर पछ्ताउनेछन्

0
1783
सुप्रिम कोर्ट (फोटो साभार : इन्टरनेट)

नयाँदिल्ली, 4 फरवरी :  शारदा चिटफण्ड घोटालामा कोलकाता पुलिस कमिश्नरविरुद्ध सीबीआईद्वारा दर्ता याचिकामाथि अब सुप्रिम कोर्टले मङ्गलबार सुनवाइ गर्नेछ।

राजीव कुमारलाई जाँचमा सहयोग गर्नुपर्ने निर्देश दिने सीबीआईले याचिकामा कोर्टसँग निवेदन गरेको छ। सीबीआईले राजीव कुमारमाथि अहिलेसम्म भएको जाँचमा साथ नदिने आरोप पनि लगाएको छ। यसका साथै सीबीआईले राजीव कुमारमाथि प्रमाण नष्ट गरेको आरोप लगाएको छ।

याचिकामाथि सुनवाइ गर्दै सुप्रिम कार्टका चीफ जस्टिसले भने, “यदि कोलकाता पुलिस कमिश्नरले प्रमाण नष्ट गर्ने कोशिश गरेका छन् भने यससँग जोड़िएका साक्ष्य हाम्रोअघि ल्याउनुहोस्। हामी यस्तो कारबाही गर्नेछौं, पुलिस कमिश्नरले पछ्ताउनु पर्नेछ।’’

सीबीआईको पक्षमा सुप्रीम कोर्टमा सलिसिटर जेनरल तुषार मेहता प्रस्तुत भएका थिए भने पश्चिम बङ्गाल सरकारको तर्फबाट वरिष्ठ उकिल अभिषेक मनु सिङ्घवी थिए। उनले कमिश्नर चिटफण्ड मुद्दामा कोलकाताका पुलिस आयुक्त आरोपी भएर एक गवाही रहेको बताए।

आफ्नो बचाउ पक्षका लागि तथ्य तयार राख्नुपर्ने सुप्रिम कोर्टले बङ्गाल राज्य सरकारलाई भनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here