देश र संविधान बचाउनका लागि ‘सत्याग्रह’ जारी राख्नेछु : ममता ब्यानर्जी

0
1437
धरनामा बसेकी बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी (फोटो साभा : एएनआई)

कोलकाता, 4 फरवरी : चिटफण्ड घोटालामा सीबीआईले कोलकाता पुलिस प्रमुखसँग केरकार गर्ने कोशिशविरुद्ध धरनामा बसेकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, “म देश र संविधान बचाउनका लागि ‘सत्याग्रह’ जारी राख्नेछु।’’

मुख्यमन्त्रीले घरनास्थलमा पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, “यो एक सत्यग्रह हो। र जबसम्म देश सुरक्षित हुँदैन। म यसलाई जारी राख्नेछु।’’

सोमबार समाजवादी नेता किरणमय नन्दा कोलकाता आएर धरना स्थलमा ममता ब्यानर्जीलाई भेटे। अर्कोतिर ममता ब्यानर्जीलाई सबै विपक्षीले समर्थन दिइरहेका छन्। यसैबीच प्राप्त जानकारीका अनुसार धरनास्थलमा नै ममता ब्यानर्जीले क्याबिनेट बैठक गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here