ममता सरकार उच्च न्यायालयको शरणमा, सीबीआईले बङ्गालका सीएस, डीजी र डीजीपीविरुद्ध सर्वोच्चमा दर्ता गऱ्यो अवमानना याचिका

0
1278
फोटो साभार : इन्टरनेट

नयाँदिल्‍ली, 4 फरवरी : कोलकाता पुलिसका आयुक्त राजीव कुमारसँग शारदा चिटफण्ड घोटालामा सीबीआईले केरकार गर्ने प्रयास गरेपछि बङ्गालको राजनीति अचानक तातिएको छ।

एकातिर यो मुद्दालाई लिएर राज्य सरकारले सीबीआईविरुद्ध कोलकाता उच्च न्यायालयको ढोका ढकढकाएको छ।

त्यहीं अर्कोतिर सीबीआईले सर्वोच्च न्यायालयमा पश्चिम बङ्गालका मुख्य सचिव, पुलिस महानिदेशक र कोलकाता पुलिस कमिश्नरविरुद्ध अपेक्स कोर्टको आदेशको अवमानना गरेको याचिका दर्ता गरेको छ। सर्वोच्च न्यायालयका मुख्य सचिव रञ्जन गोगोई, जस्टिस दीपक गुप्ता र जस्टिस सञ्जीव खन्नाको खण्डपीठले भोलि सीबीआईको याचिकामाथि सुनवाइ गर्नेछ।

यद्यपि सीबीआईले यो मामिलालाई लिएर अघिबाटै सर्वोच्च न्यायालय पुगेको थियो। सर्वोच्चले कोलकाताका पुलिस आयुक्तमाथि शारदा चिटफण्ड घोटाला मामिलासँग जड़ित इलेक्ट्रोनिक प्रमाण नष्ट गरेको आरोप लगाउने सीबीआईको अर्जीमाथि तत्कालै सुनवाइ गर्न अस्वीकार गरेको थियो।

अब सर्वोच्च न्यायालयले  सीबीआईको अर्जीमाथि मङ्गलबार सुनवाइ गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here