बङ्गालमा एनआरसीको डरको कारण 31 नागरिकको मृत्यु भएको ममता दाबी

0
1184
नदियामा सीएए र एनआरसीविरुद्ध ऱ्यालीमा ममता (फोटो-एएनआई ट्विटर)।

नदिया, 4 जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) –को डरले बङ्गालमा 31 जना नागरिकको मृत्यु भइसकेको दाबी गरेकी छन्। त्यस्तै असममा एनआरसीकै भयले 100 नागरिकको मृत्यु भएको उनको दाबी छ।

आज नदिया जिल्लामा आयोजित एनआरसी, सीएए र एनपीआरविरुद्ध ऱ्यालीलाई सम्बोधन गर्दै ममताले यस्तो दाबी गरेकी हुन्। आफ्नो सम्बोधनअवधि उनले सीएए र एनआरसीलाई लिएर केन्द्रको भाजपा सरकारमाथि तीखो शब्दमा कटाक्ष गरिन्।

“असममा एनआरसीको कारण १०० मानिसभन्दा बढ़ीको मृत्यु भएको छ। पश्चिम बङ्गालमा ३१ या ३२ मानिस एनआरसीको डरको कारण मरिसकेका छन्”, ममताले थपिन्, “शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाइएको छ। भाजपाले असहमति राख्ने मानिसहरूलाई आतङ्कित बनाउने कोशिश गरिरहेको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here