टेट परीक्षा पास गराउन घूस मागेको अडियो भाइरलः आरोपी कमल थापाविरुद्ध सदर थानामा प्राथमिकी दर्ता

0
1327

दार्जीलिङ, 4 फरवरी: टेट परीक्षा पास गराउन एक परीक्षार्थीलाई तीन लाख रुपियाँ घूस मागेको अडियो कल सोशल मिडियामा भाइरल बनेपछि आरोपी कमल थापाविरुद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।

यो प्राथमिकी डिस्ट्रिक्ट स्कूल बोर्ड दार्जीलिङद्वारा गरिएको हो।

अर्कोतिर, आरोपी कमल थापालाई जीपीटीओको केन्द्रिय सदस्यबाट  निलम्बित गरिएको छ।

जीपीटीओ अध्यक्ष सत्येम गिरीले आज एक प्रेस विज्ञप्ति जारी गरी कमल थापालाई जीपीटीओको केन्द्रिय कमिटी सदस्यबाट निलम्बित गरिएको जानकारी गराइएको छ।

उल्लेखनीय छ, कमल थापाले एक परीक्षार्थीलाई टेट परीक्षा पास गराउनका लागि तीन लाख रुपियाँ घूस मागेको अडियो कल आज भाइरल  बनेको छ।

अडियो कलमा थापाले आफूलाई रोहिणी स्कूलका प्रधानाध्यक, एउटा वेब पोर्टलका पत्रकार र जीपीटीओका उपाध्यक्ष बताएका छन् भने टेट परीक्षा पास गराउनका लागि उल्लिखित राशि मागिएको छ।

साथै तोकिएको राशि ब्याङ्कमार्फत् जमा गर्नुपर्ने बताएका छन्।

अडिलो कलमा थापाले अडियो कलमा गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङ, दार्जीलिङका डीआई दार्जीलिङ, भाजपाका मनोज देवान तथा तराईका तृणमूल कङ्गग्रेस नेता तथा मन्त्रीहरूसँग पनि राम्रो र नजीकको सम्बन्ध रहेको बताएका छन्।

टेट परीक्षा परीक्षाको प्रमाण-पत्रका लागि तीन लाख रुपियाँको घूस माग्दै कमल थापाले के भने त? उनले क-कसको नाम लिए? क-कससँग नजिकको सम्बन्ध रहेको बताए? र प्रमाण-पत्र कसरी दिने भन्दै एक परीक्षार्थीलाई ढुक्कसँग बस्न भने? जान्नका लागि सुन्नुस् यो अडियो..

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here