वाहनले स्कुटीलाई ठक्कर दिँदा युवकको मृत्यु

0
967

कालेबुङ, ४ फरवरीः विपरीत दिशाबाट तीव्र गतिमा आएको वाहनले स्कुटीलाई ठक्कर दिँदा कालेबुङ कास्योङनिवासी २१ वर्षीय युवकको मृत्यु भएको छ।

जानकारीका अनुसार वाहनको ठक्करले गम्भीर घाइते भएका यी युवकलाई तत्कालै उपचारका लागि कालेबुङ जिल्ला अस्पतालमा पुऱ्याइएको थियो, जहाँ उनको मृत्यु भयो।

यो घटना तारखोला छेउ ११ माइलको घण्टे गोलाइमा आज बिहान करिब ८ बजे भएको हो।

मृतक युवकका नाम आनन्द बराइली हो।

मृतकका कान्छा काका सन्तोष बराइलीले बताएअनुसार आनन्दले रेलवे परियोजनामा बुमर सिकिरहेका थिए।

आज ड्युटी गइरहेको समयमा विपरीत दिशाबाट तीव्र गतिमा आएको एक मालवाहक वाहनले ठक्कर दिँदा आनन्दको मृत्यु भएको हो।

रम्फू पुलिसले घटनाबारे छानबिन गरिरहेको छ। सडक छेउछाउ रहेका सिसिटिभी क्यामेराको सहयोगले आरोपित वाहनलाई चिह्नित गर्ने कार्य गरिरहेको पुलिसले बताएको छ।

अर्कोतर्फ, मृतक आनन्द बराइलीको शवलाई पोस्ट मर्टमका लागि कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here