बलियो बन्दै गोरामुमो, जनभावनाको कदर गरेर कार्य गर्ने

0
1445
सोमबार दार्जीलिङ सम्पन्न गोरायुमोको बैठक।

दार्जीलिङ, 4 मार्च : पछिल्ला केही महिनायता गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -ले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ। यसले ठाउँ ठाउँमा शाखा विस्तार गरिरहेको छ भने गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) र गोर्खा राष्ट्रिय नारी सङ्गठन (गोरानासं) –को कमिटी पनि गठन गरिरहेको छ। साथै पार्टीको  यी दुवै विङ्गले लगातार बैठकहरू आयोजन गरी छलफल र सङ्गठन विस्तारमा ध्यान दिइरहेका छन्।

यसैक्रममा सोमबार गोरामुमोको केन्द्रिय कार्यालयमा दार्जीलिङका 13 वटा समष्टिका गोरायुमो प्रतिनिधिहरूलाई लिएर सभा बसियो। सूरज छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त सभामा पार्टीका साङ्गठनिक सचिव किशोर गुरुङ,  दार्जीलिङ शाखाका सचिव पूरण राई आदिको विशेष उपस्थिति थियो।

सभामा विशद् छलफल र चर्चापरिचर्चा दार्जीलिङ अन्तर्गतका समष्टिहरूमा युवा शक्तिलाई बलियो बनाउने दिशामा प्रभावशाली कार्यक्रम गर्ने तथा यी समष्टिहरूमा शाखा-प्रशाखा गठन गरी पार्टीलाई विस्तार प्रस्ताव पारित गरिएको बताइएको छ।

यसैगरी सभामा आगामी लोकसभा चुनाउलाई ध्यानमा राखेर पार्टी अध्यक्ष मन घिसिङको पार्टीभन्दा जाति ठूलो भन्ने भनाइलाई शिरोपर गरी आउँदा दिनहरूमा गोरायुमोले जनभावनाको कदर गरी काम गर्ने कुरामा सहमति जताइएको छ।

गोरामुमो मीडियाले सेलले जानकारी गराएअनुसार हिजै पार्टीको दार्जीलिङको शाखा कार्यालयमा गोर्खा राष्ट्रिय नारी सङ्गठन (गोरानासं)-को पनि 13 वटै समष्टिका प्रतिनिधिहरूलाई लिएर सभा बसियो। मणिकला तामाङको अध्यक्षता तथा बसुन्धरा प्रधानको सञ्चालनमा सम्पन्न उक्त सभालाई मञ्जिला तामाङ र पम्फा लामाले सम्बोधन गरेका थिए।

उनीहरूद्वयले आफ्नो सम्बोधनमा पार्टी अध्यक्षको निर्देशनअनुसार गोर्खा जातिको स्वाभिमान फर्काइ ल्याउनका लागि एक नारी शक्ति भएर भएर निरन्तर कार्य गरिरहने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here