कोलकाता, ४ मार्च : तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता तपस रायले विधायक पद र पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्।
रायले आज तृणमूल कङ्ग्रेस छाडेका हुन्।
लोकसभा चुनाउको मुखैमा तपस रायले तृणमूल त्याग्नु ममता ब्यानर्जीका लागि ठुलो झट्का मानिएको छ।
उनले पार्टी र विधायक पदबाट राजीनामा दिएसँगै तृणमूल कङ्ग्रेसको कार्यप्रणालीमाथि प्रश्न उठाएका छन्।
“पार्टी र सरकारमाथि लागेका यति धेरै भ्रष्टाचारले म वाक्कदिक्क भइसकेको थिए”, रायले थपे , “अर्काेतर्फ सन्देशखालीको मुद्दालाई जसरी सम्हाल्ने कार्य गरियो , त्यसबाट पनि म सन्तुष्ट छुइन।
आज बिहान तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता ब्रात्य बसु र कुणाल घोष उनलाई फकाउन गएका थिए, तर फकिएनन्।
राय भाजपामा सामेल हुने अनुमान गरिएको छ।
अर्काेतर्फ, तृणमूल कङ्ग्रेसका केही अन्य नेताले पनि पार्टी छाड्ने सम्भावना व्यक्त गरिँदैछ।