भुवनेश्वर/कोलकाता, ४ मई : ओड़िसामा विनाश मच्चाएको फानीको कारण ८ मानिसले आफ्नो ज्यान गुमाउनका साथै १६० घाइते भएका छन्।
यसका साथै फानीले ओड़िसामा व्यापक विनाश मच्चाएको छ। फानीको विनाशलाई ध्यानमा राखेर शनिबार रातिसम्म प्रभावित क्षेत्रमा रेल, सड़क र हवाइ यातायात स्थगित गरिएको छ। ठूल्ठूला रूख, बिजुलीको पोल, मोबाइल टावर जताततै लड़ेपछि बिजुली बत्ती र सञ्चार सम्प्रक ठप्प भएका छन्।
अर्कोतिर फानीले मच्चाएको विनाशलाई लिएर शुक्रबार प्रधानमन्त्रीले राज्यका मुख्यमन्त्री नवीन पटनायकसँग कुराकानी गरे। साथै क्षयक्षतिबारे जानकारी लिनका लागि आउँदो ६ मईको दिन उनी ओडिसा जानेछन्। प्रमले ट्वीटमा राज्यलाई हरसम्भव मद्दत दिने पनि बताएका छन्।
उल्लेखनीय छ, फानीले पुरी र भुवनेश्वरमा सबैभन्दा धेरै विनाश गरेको छ। १२ लाख मानिसलाई सुरक्षित स्थानमा पुऱ्याइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले फानीको कारण भुवनेश्वरमा एम्स पीजी २०१९ को परीक्षालाई रद्द गरेको छ। यो परीक्षा ५ मईको दिन निर्धारित गरिएको थियो।
वास्तवमा फानीले एम्स भुवनेश्वरको एउटा बिल्डिङको छतै भत्काएको छ। यद्यपि सबै विद्यार्थी, स्टाफ र रोगी सुरक्षित छन्। एनडीआरएफका टीमहरूलाई प्रभावित जिल्लाहरूमा तैनाथ गरिएको छ। मौसम विभागका अनुसार आगामी तीन दिनसम्म तीव्र हावासँग पानी पर्नेछ।
ओड़िसामा डरलाग्दो विनाश गरेपछि फानी पश्चिम बङ्गालतिर बढ़ेको छ। यता, बङ्गालका पश्चिम मेदिनीपुर र झारग्राम जिल्लामा पनि फानीले ताण्डव मच्चाएको छ। बङ्गालमा फानीको कारण २५ भन्दा अधिक मानिस घाइते भएको बतिएको छ। खड़गपुरंमा धेरै भवन लड़ेको खबर छ। प्रम मोदीले केन्द्रले प्रभावित राज्यहरूलाई पूर्ण मद्दत गर्ने बताएका छन्। फानीको विनाश झेलिरहेका राज्यहरूका लागि १,००० करोड़ रुपियाँभन्दा बढ़ी राशि जारी गरिसकेको बताएका छन्।