दार्जीलिङ, 4 मई : शनिबार मातातीर्थ औंसीको सुअवसरमा गायिका डोमा शेर्पाले म्युजिक भिडियो ‘आमा’ सार्वजनिक गरिन्। आमामाथि समर्पित मन छुने शब्द, सङ्गीत र स्वर रहेको उक्त म्युजिक भिडियो टिभी र यूट्युबमा सार्वजनिक गरिएको हो।
दार्जीलिङको प्रेसगिल्डमा एक कार्यक्रम गरी ‘आमा’ –लाई ‘यो हो’ च्यानलमार्फत् सार्वजनिक गरिएको हो। यसअवसरमा वरिष्ठ गायिका एवं सङ्गीतकार शान्ति ठटाल, सङ्गीतज्ञ देव कुमार प्रधान र युवा गायक एवं इजाज अली विशेष रूपले उपस्थित थिए। सार्वजनीकरण कार्यक्रममा गायिका डोमा शेर्पाले उक्त म्युजिक भिडियोबारे आफ्नो विचार राखेकी थिइन्।
अर्कोतिर यसको टिभी लञ्च नेपालको इमेज च्यानलमार्फत् गरिएको पनि उनले बताएकी छन्। आज नेपाल र दार्जीलिङ दुवै ठाउँमा एकैसाथ सार्वजनिक भएको उक्त आमा समर्पित म्युजिक भिडियो मूल लद्दाखी भाषाको हो, जसलाई गायिका डोमा शेर्पा आफैले नेपालीमा अनुवाद गरेकी गाएकी हुन्। लद्दाखी भाषामा पनि उनले नै गाएकी छन्, जुन म्युजिक भिडियोमा लद्दाखी सङ्गीतका चर्चित सङ्गीतकार रिञ्छेन वाचरले सङ्गीत भरेका छन्।
उल्लेखनीय छ, पछिल्लो 4 मार्चको दिन पनि गायिका डोमा शेर्पाको म्युजिक भिडियो ‘मेरो मन सार्वजनिक भएको थियो। उक्त मेरो मन म्युजिक भिडियो शब्द सङ्गीत र स्वर स्वर उनकै थियो।’
यता, आमा म्युजिक भिडियोको कार्यमा सहयोग पुऱ्याउने र सङ्गीत क्षेत्रमा लगातार प्रोत्साहित गर्ने सबैप्रति गायिका डोमा शेर्पाले आभार प्रकट गरेकी छन्। म्युजिक भिडियो ‘आमा’ आमामाथि समर्पित रहेकोले मातातीर्थ औंसीको सुअवसरमा पाएर आज नेपाल र दार्जीलिङमा एकैसाथ सार्वजनिक गरिएको पनि उनले बताइन्।