आईएमटीसीको रिपोर्टमा बङ्गालमा मृत्यु दर देशमै सर्वाधिक, बिच्कियो तृणमूल

0
1038
प्रतीकात्मक तस्वीर।

कोलकाता, ४ मईः  बङ्गालको भ्रमणमा आएको इन्टर मिनिस्ट्रियल सेन्टर टिम (आईएमसीटी) –को रिपोर्टमा कोरोना भाइरसका कारण मर्नेहरूको दर (मृत्यु दर) पश्चिम बङ्गालमा सर्वाधिक १२.८ प्रतिशत छ।

आईएमसीटीका सदस्य अपूर्व चन्द्राले राज्यका मुख्य सचिव राजीव सिन्हालाई यसबारे जानकारी दिएका छन्।

अर्कोतिर आईएमसीटीको रिपोर्टलाई लिएर केन्द्र र ममता सरकारबीच हिलोछेपाइ बढ़ेको छ।

तृणमूल कङ्ग्रेस सांसद डेरेक ओ ब्रायनले केन्द्र सरकारको आलोचना गरेका छन्।

आईएमसीटीका  सदस्य अपूर्व चन्द्राले राज्यका मुख्य सचिव राजीव सिन्हालाई भनेका छन्, ‘देशमा कोभिड-१९ को मृत्यु दर पश्चिम बङ्गालमा सबैभन्दा बढ़ी १२.८ छ।’

दिल्ली फर्किनअघि उनले राज्यका मुख्य सचिवलाई यो यसबारे पत्र लेखेका हुन्।

पत्रमा चन्द्राले राज्यमा कम टेस्ट भएको तथा कोरोना सङ्क्रमितहरूको निगरानीमा पनि लापरबाही गरिएको बताएका छन्।

चन्द्रा बताएअनुसार मेडिकल बुलेटिनमा राज्यको तर्फबाट बताइएको कोभिड-१९ मामिला र केन्द्र सरकारलाई दिइएको जानकारीमा अन्तर छ।

चन्द्राका नेतृत्वमा इन्टर मिनिस्ट्रियल सेन्टर टिम कोलकातालगायत अन्य शहरको दुई साता जाँच गरेपछि आज दिल्ली फर्केको छ।

अर्कोतिर तृणमूल कङ्ग्रेस सांसद डेरेक ओ ब्रायनले केन्द्रमाथि कटाक्ष गरेका छन्। उनले बङ्गाल सरकारले केन्द्रलाई सहयोग नगरेको भन्ने आरोपलाई पनि आधारहीन बताएका छन्।

‘आशा छ, भाजपा कीर्ते (झूटा) खबरहरूको आफ्नो फ्याक्ट्री बन्द गर्नेछ’, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here