बङ्गाल हिंसाः कानून व्यवस्थालाई लिएर प्रधानमन्त्री चिन्तित, राज्यपालसँग फोनवार्ता

0
948

नयाँ दिल्ली, 4 मईः चुनाउ परिणामपछि बङ्गालका विभिन्न ठाउँबाट लगातार रूपमा आगो लगाइएको, तोड़फोड़-लुटपाट र भाजपा कार्यकर्ताहरूको हत्या गरिएका घटनाहरू प्रकाशमा आइरहेका छन्।

यसैबीच बङ्गालमा बिग्रिँदो कानून-व्यवस्थालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन्। आज उनले राज्यपाल जगदीप धनखड़लाई फोन गरी कानून-व्यवस्थाको स्थितिमाथि चिन्ता र दुःख व्यक्त गरेका छन ।

राज्यपालले ट्विट गरी यसबारे जानकारी दिएका छन्।

‘प्रधानमन्त्री मोदीले फोन गरे। उनले बङ्गालमा कानून-व्यवस्थाको स्थितिमाथि आफ्नो गम्भीर पीड़ा र चिन्ता व्यक्त गरे। मुख्यमन्त्री ममता ब्यानर्जीसँग म गम्भीर चिन्ता साझा गर्दछु’, राज्यपाल धनखड़ले ट्विट गर्दै थप लेखेका छन्, ‘राज्यमा हिंसा बर्बरता, आगजनी, लुट र हत्या जारी छन्। यसमाथि नियन्त्रण अत्यावश्यक छ।’

उल्लेखनीय छ, केन्द्रीय गृह मन्त्रालयले हिंसालाई लिएर राज्य सरकारसँग रिपोर्ट मागेको छ।

हिंसा प्रभावित क्षेत्रको भ्रमण तथा पीड़ित परिवारहरूसँग भेट गरी जानकारी लिनका लागि आजै भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा बङ्गाल आएका छन्।

उनले पीड़ित कार्यकर्ताहरूसँग भेट पनि गरिरहेका छन्।

भाजपाको आरोप छ, चुनाउ परिणामपछि भाजपाका एक दर्जनभन्दा अधिक कार्यकर्ताको हत्या भइसकेको छ। साथै भाजपा कार्यकर्ताहरूको घरमा लुटपाट, आगजनी र तोड़फोड़ भइरहेका छन्।

(फोटो साभाः एएनआई ट्विटर)।

यसैबीच, बङ्गाल हिंसाको स्थिति बुझ्न र पीड़ित पार्टी कार्यकर्ताहरूलाई भेट गर्न दुईदिने भ्रमणमा आएका भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भने, “पश्चिम बङ्गालमा चुनाउ परिणामपछि जुन घटनाहरू हामीले देख्यौँ, त्यसले हामीलाई दुःखी र विचलित बनाएको छ। मैले यस्ता घटनाहरू भारत विभाजनको समयमा भएको सुनाएको थिए। हामीले स्वतन्त्र भारतमा चुनाउ परिणामपछि कहिल्यै यस्ता असहिष्णुता देखेनौँ।”

यसका साथै उनले यस्ता कार्यको लोकतान्त्रिक ढङ्गमा लड़न भाजपा तयार रहेको पनि बताए।

अर्कोतिर, बङ्गाल हिंसालाई लिएर आजै सर्वोच्च न्यायालयमा एक याचिका दर्ता गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here