230 वटा कोरोना सङ्क्रमित मामिला थपियो, एकको मृत्यु

0
1187

गान्तोक, 4 मईः  सिक्किममा आज फेरि कोरोना संक्रमितको संख्या बढ़ेर दुईसय नाघेको छ।

स्वास्थ्य विभागद्वारा प्राप्त जानकारीअनुसार आज कुल 230 वटा कोविड 19 पोजिटिभ मामिला रेकर्ड गरिएको छ भने एकजनाको मृत्यु भएको छ।

हिजो आरटीपीसीआर, ट्रुनेट र ऱ्यापिड एन्टिजेन टेस्ट गरेर कुल 799 वटा टेस्ट गरिएको थियो, जसमा 230 पोजिटिभ आएको हो।

यसरी राज्यमा हाल कुल सक्रिय सङ्क्रमण मामिला 1 हजार 930 पुगेको छ भने अहिलेसम्मको कुल मामिला 8 हजार 698 पुगेको छ जसमा 6 हजार 426 जना निको भएका छन्।

आज पनि 22 जना कोविड 19 सङ्क्रमण मुक्त भएका छन्।

अहिलेसम्म राज्यमा कोविड 19 सङ्क्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या भने 151 पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here