सोनादाका एकै परिवारका पाँचजना कोरोना सङ्क्रमित, दार्जीलिङ जिल्लामा कोरोना कहर बढ़्दै

0
1266

सिलगढ़ी, ४ जूनः पहाड़मा कोरोना कहर बढ़्न शुरु भएको छ। आज सोनादानिवासी एकै परिवारका पाँच सदस्य कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

जानकारीका अनुसार ती पाँचैजनामा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि पछिल्लो २ जूनका दिन सिलगढ़ी कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको दिसन अस्पतालमा भर्ना गरिएको थियो।

यसभन्दा अघि उनीहरूलाई सुकेपोखरी खण्डको पोख्रेबुङस्थित पब्लिक हेल्थ सेन्टरमा बनाइएको क्वारेन्टिन सेन्टरमा रहेका थिए।

उनीहरू पाँचैजनाको टेस्ट आज पोजिटिभ आएको हो। उल्लेखनीय छ, पछिल्लो २९ मईका दिन सोनादा पचेङ बजारनिवासी दुईजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। दुवैजना मुम्बईबाट फर्केका थिए।

अर्कोतिर, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका एक चिकित्सक र मेडिकल टेक्नोलजिस्ट पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

यसैगरी सिलगढ़ीका एकैजना परिवारका पाँचजना सदस्य कोरोना सङ्क्रमित रहेको बताइएको छ।

उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका अनुसार गए रातिदेखि आज बिहानसम्म उत्तर बङ्गालमा कोरोना भाइरसका थप ६० नयाँ मामिला प्रकाशमा आएको छ। जसमा सोनादाका ५, सिलगढ़ीका ५, उत्तर बङ्गाल मेडिकल कलेजका २, कोचबिहारका ६, अलिपुरद्वारका ४, उत्तर दिनापुरको इस्लामपुरका ३० जना रहेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here