सोनाम याखा विमल खेमामा सामेल

0
1215

कालेबुङ, ४ जुलाईः विधानसभा चुनाउको मुखैमा विनयपन्थी मोर्चाबाट राजीनामा दिएका सोनाम याखा विमलपन्थी मोर्चामा सामेल भएका छन्।

याखा कालेबुङ आठ नम्बर वार्डका नगरपार्षद् पनि हुन्।

विमलपन्थी मोर्चा कालेबुङ जिल्ला समिति कार्यालयमा सम्पन्न एक कार्यक्रममा उनलाई पार्टीमा स्वागत गरिएको बताइएको छ।

यस अवसरमा साङ्गठनिक सचिव निमा तामाङ, केन्द्रीय सहसचिव  विजय सुन्दास, कर्णल रमेश आले, युवामोर्चा उपाध्यक्ष अनिल दर्नाल, अजित रोका, महासचिव बालकृष्ण थापा लगायत कालेबुङ नगरपालिका पार्षदिका क्रमैले बिमला छेत्री, धन लक्ष्मी तामाङ बबिता चौरासिया, जुस्लु अध्यक्ष कृष्ण छेत्रीलगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here