खरसाङनिवासी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

0
1165

खरसाङ 4 अगस्तः खरसाङ नगरपालिकाको वार्ड नम्बर-4 स्थित डाउहिल रोडनिवासी कोरोना सङ्क्रमित एक 72 वर्षीय वृद्धाको मृत्यु भएको छ।

जानकारीका अनुसार सिलगढ़ीको मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाराधीन अवस्थामा आज बिहान उनको मृत्यु भएको हो।

कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उनलाई हिजो (सोमबार) डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा भर्ना गरिएको थियो।

उनको आजै सिलगढ़ीमा सरकारी नियमानुसार अन्तिम संस्कार गरिने जानकारी पाइएको छ।

यसैबीच,  अग्निशमन विभाग र नगरपालिकाद्वारा उक्त क्षेत्रमा सेनिटाइजेशन कार्य गरिएको छ।

उल्लेखनीय छ, खरसाङ क्षेत्रमा कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो मामिला हो। केही दिनअघि चिम्नी-देवराली क्षेत्रका एक वृद्ध पनि कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here