अनशनलाई बिजनबारी कृषि उत्पादक सङ्गठनको समर्थन, गऱ्यो पोस्टरिङ

0
928

दार्जीलिङ, ४ अगस्तः छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि पहल गर्नहेतु दार्जीलिङका सांसद राजु बिष्टमाथि दबाउ दिन पछिल्लो १ अगस्तदेखि भारती गुट गोर्खा लीगले शुरू गरेको आमरण भोक हड़तालको कार्यक्रमलाई बिजनबारी कृषि उत्पादक सङ्गठनले पनि समर्थन जनाएको छ।

अनशन कार्यक्रमलाई समर्थन जनाउँदै यो सङ्गठनले आज पोस्टरिङ पनि गऱ्यो। ‘पीपीएस के हो? प्रश्न जनताको हो, एसपी शर्मा त माध्यम मात्र हो’, पोस्टरमा भनिएको छ, ‘जहिले पनि शून्यकालमा हाम्रो माग उठाएर जनतालाई भ्रममा पार्ने काम बन्द हुनपर्छ।’

यति मात्र होइन बिजनबारी कृषि उत्पादक सङ्गठन सदैव गोर्खाको हितमा काम गर्नेलाई साथ दिन तयार रहने पनि पोस्टरमा बताइएको छ।

उल्लेखनीय छ, गोर्खा लीग भारती गुटका महासचिव एसपी शर्मा अनशन बसेका छन्। दिन प्रतिदिन विभिन्न राजनीतिक दल र अराजनीतिक सङ्गठनहरूले गोर्खा लीगको यो आमरण भोक हड़ताल कार्यक्रमलाई समर्थन जनाइरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here