सिलगढ़ी, ४ सेप्टेम्बर : पूर्वोत्तर सीमान्त रेलवेले क्षेत्रका महत्त्वपूर्ण स्टेशनहरूमा बृहत् आकारको राष्ट्रिय झण्डा लगाउने निर्णय गरेको छ। जानकारीका अनुसार राज्यका राजधानी, जिल्ला मुख्यालयस्थित स्टेशन र ऐतिहासिक/पर्यटकीय महत्त्व बोकेका स्थानहरूमा १०० फुट अग्लो राष्ट्रिय झण्डा लगाइनेछ।
पूर्वोत्तर सीमान्त रेलवेले अघिबाटै गुवाहाटी र न्यु जलपाइगढ़ी रेलवे स्टेशनमा ठूलो आकार र यति अग्लो राष्ट्रिय झण्डा स्मारकको रूपमा लगाइसकेको छ। यो वित्तीय वर्षमा यसलाई लगाउनका लागि थप ३९ स्टेशनलाई चयन गरिएको छ। जसमध्ये दार्जीलिङ रेलवे स्टेशन पनि सामेल छ।
जानकारीका अनुसार पूर्वोत्तर सीमान्त रेलवेले अब कटिहार डिभिजनमा ७, अलिपुरद्वार डिभिजनमा ४, रङ्गिया डिभिजनमा १०, लुमडिङ डिभिजनमा १२ र तीनसुकिया डिभिजनमा ५ स्टेशन चिह्नित गरिएको छ। यसका साथै महत्त्वपूर्ण रेलवे स्टेशनहरूमा कटिहार जङ्क्शन, किशनगञ्ज, दार्जीलिङ, पूर्णिया जङ्क्शन, जोगबनी, न्यु कोचबिहार, अलीपुरद्वार जङ्क्शन, कोकराझार, न्यु बोगाइगाउँ, बारपेटा रोड, गोलपारा टाउन, उत्तरी लखीमपुर, देकारगाउँ, नाहरलागुन, कामाख्या, अगरत, अगरत, करिमगञ्ज, न्यु हाफलोङ, न्यु तीनसुकिया जङ्क्शन, डिब्रुगढ़, जोरहाट टाउन रेलवे स्टेशन आदि सामेल छन्।
स्टेशनहरूको सौन्दर्यमा सुधार तथा रेलवे कर्मचारीलगायत रेलयात्रीहरूमा राष्ट्रवाद र देशभक्तिको भावना जगाउनका लागि रेलवे बोर्डको निर्देशका अनुसार स्मारकको रूपमा राष्ट्रिय झण्डा लगाइने भएको हो। यी स्थानहरूलाई स्थानको उपलब्धता, राम्रो दृश्य र अन्य सुरक्षा तथा सुरक्षा उपायहरूलाई हेरेर चिह्नित गरिएको हो।