दार्जीलिङ, 4 सेप्टेम्बरः पछिल्ला केही दिनयता पहाड़मा कोरोना सङ्क्रमणमा अचानक वृद्धि भएको छ।
केही दिनअघिसम्म दार्जीलिङ जिल्लाको समतल खण्डबाट कोरोना भाइरसका धेरजसो मामिला प्रकाशमा आउने गरेको थियो। तर बिस्तारै यो सङ्ख्या पहाड़मा पनि वृद्धि भइरहेको छ।
यसैक्रममा आज दार्जीलिङ नगपालिका क्षेत्रबाट 8, खरसाङ नगरपालिका क्षेत्रबाट 5, सुकनाबाट 1, मिरिकबाट 1, पुलबजार (बिजनबारी)-बाट 6 र सुकेपोखरीबाट 14 वटा मामिला प्रकाशमा आएको जिल्ला प्रशासनले बताएको छ।
त्यसगैरी दार्जीलिङ जिल्लाभित्र रहेका सिलगढ़ी नगरनिगमका 33 वार्डबाट 58, खोरीबारीबाट 4, मतिगढ़ाबाट 16, नक्सलबारीबाट 17 र फाँसीदेवाबाट 2 वटा मामिला प्रकाशमा आएको छ।
जिल्ला प्रशासनका अनुसार आज दार्जीलिङ जिल्लाबाट कोरोना भाइरसका कुल 132 मामिला प्रकाशमा आएको छ।
अर्कोतिर, आज विभिन्न कोभिड अस्पताल र होम आइसोलेशन गरी कुल 74 जना स्वस्थ भएर घर फर्केको पनि जिल्ला प्रशासनले बताएको छ।